कोरोना महामारीमा ल्याउने भनिएको १६ लाख खोप बल्ल आइपुग्यो नेपाल

कोरोना महामारीमा ल्याउने भनिएको १६ लाख खोप बल्ल आइपुग्यो नेपाल : Icon Khabar

काठमाडौं, असार २५ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको छ। कोरोना महामारीको समयमा ल्याउन भनिएको उक्त खोप बल्ल नेपाल आइपुगेको हो।

स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा श्रवणकुमार थापाका फाइजरको ‘मनोभ्यालेन्ट’ नामक खोप ल्याउने गाभीसँगको पूर्ववत् सम्झौता अनुसार अनुदानमा ल्याइएको हो।

डा थापाका अनुसार तथा बालबालिकाहरुका लागि प्रयोग हुने दुवै प्रकारको खोप ल्याइएको हो। ‘१२ वर्षभन्दा माथिका वयस्क तथा मुनिका व्यक्तिहरुलाई प्रयोग गर्न मिल्ने १६ लाख एक हजार दुई सय ८० मात्रा खोप पूर्ववत् सम्झौता अनुसार ल्याइएको हो,’ उनले भने।

दुई चरणमा असार १६ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार १७ गते दुई लाख ७० हजार सात सय २० मात्रा, असार १८ गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २० गते दुई लाख ७६ हजार चार सय ८० मात्रा, असार २१ गते दुई लाख ७० हजार सात सय २० मात्रा र असार २३ गते दुई लाख ३० हजार चार सय मात्रा खोप नेपाल ल्याइएको हो।

कोरोना महामारीको समयमा मन्त्रालयस्तरीय निर्णय गरिएपनि खोप ल्याउनमा भने ढिलाई भएको उनले स्वीकारेका छन्। ‘कोरोना अझै पनि छिटफुट रुपमा देखिने अवस्था छ, स्वास्थ्य सेवा विभाग तथा आपूर्ती व्यवस्थापन शाखाको समन्वयमा खोप तालिका सार्वजनिक गरिने छ,’ उनले भने।

Published Date: 09 July 2024


ताजा
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता
डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम किन काटियो? दूरसञ्चारले सोध्यो एनसेललाई स्पष्टीकरण
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर
पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली