देशका विभिन्न भागमा बाढीपहिरो लगायत विपद्का घटनामा परि हालसम्म ७८ जनाको मृत्यु

देशका विभिन्न भागमा बाढीपहिरो लगायत विपद्का घटनामा परि हालसम्म ७८ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, असार २५ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो लगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो ।

जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरा परेर ९० जना घाइते र ५ जना बेपत्ता भएका छन् । बाढीपहिराका कारण ३ सय ८१ पशु चौपाय मरेका छन् भने ९८ गोठमा क्षति भएको छ ।

यस्तै, ५ सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ जना प्रहरी परिचालन गरिएको छ ।बाढीपहिरोले १ विद्यालय र २ सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ ।

यस्तै, १ सय ६१ घर डुबानमा परेका र १ सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर १ हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार ७ सय रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 July 2024
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने