देशका विभिन्न भागमा बाढीपहिरो लगायत विपद्का घटनामा परि हालसम्म ७८ जनाको मृत्यु

देशका विभिन्न भागमा बाढीपहिरो लगायत विपद्का घटनामा परि हालसम्म ७८ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, असार २५ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो लगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो ।

जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरा परेर ९० जना घाइते र ५ जना बेपत्ता भएका छन् । बाढीपहिराका कारण ३ सय ८१ पशु चौपाय मरेका छन् भने ९८ गोठमा क्षति भएको छ ।

यस्तै, ५ सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति ५ हजार ४१ जना प्रहरी परिचालन गरिएको छ ।बाढीपहिरोले १ विद्यालय र २ सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ ।

यस्तै, १ सय ६१ घर डुबानमा परेका र १ सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर १ हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार ७ सय रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।रासस

Published Date: 09 July 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै