अब एप्पलको नयाँ एयरपड्समै क्यामेरा हुने

अब एप्पलको नयाँ एयरपड्समै क्यामेरा हुने : Icon Khabar

काठमाडौं, असार २५ । एप्पलको नयाँ एयरपड्समै क्यामेरा हुने भएको छ । कम्पनीले बजारमा ल्याउन लागेको नयाँ मोडेलको एयरपड्समा इन्फ्रारेड क्यामेरा हुने भएको हो ।

एप्पल विश्लेषक मिङ चि कुओका अनुसार कम्पनीले सन् २०२६ तिर यस्तो एयरपड्स ल्याउने छ । आईफोनको फेस आईडी रिसिभरमा जस्तो किसिमको इन्फ्रारेड क्यामेरा हुन्छ, नयाँ एयरपड्समा पनि त्यही किसिमको क्यामेरा हुने उनको दाबी छ ।

एप्पलले बजारमा ल्याएको भिजन प्रो हेडसेटमा उक्त एयरपड्स फिट हुने बताइएको छ । विशेषगरी स्पासियल अडिओ (Spatial Audio) अनुभव गराउन यस्तो इयरबड ल्याउन लागेको ‘मिङ ची’ले सङ्केत दिएका छन् ।

यो एयरपड्स लगाएपछि त्यसले प्रयोगकर्ताको वरपर कस्तो किसिमको परिवर्तन भइरहेको छ भन्ने पहिचान गर्छ । र, त्यही वातावरण अनुसार स्पासियल अडियोको अनुभव दिन्छ ।

अहिले भिजन प्रो हेडसेट लगाएर म्युजिक बजायो वा भिडिओ हेर्‍यो भने दुवैपट्टि बराबर आवाज आउँछ । जता ढल्किए पनि आवाजमा कुनै बदलाव आउँदैन । तर, प्रयोगकर्ताले वास्तविक अडियो सुनेको अनुभव दिन नयाँ एयरपड्सले जता टाउको फर्कायो, उतै बढी आवाज आउनेछ ।

यसैका लागि कम्पनीले इन्फ्रारेड क्यामेरा राखेको बताइएको छ । अर्थात् यस एयरपड्सले टाउकोलाई ट्रयाक गर्नेछ र त्यही अनुसारको अडिओ अनुभव उपलब्ध गराउनेछ ।

यो भिडिओ गेम, एप्पलको म्युजिक स्ट्रिमिङ प्लेटफर्मका लागि उपयुक्त हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 July 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने