अब एप्पलको नयाँ एयरपड्समै क्यामेरा हुने

अब एप्पलको नयाँ एयरपड्समै क्यामेरा हुने : Icon Khabar

काठमाडौं, असार २५ । एप्पलको नयाँ एयरपड्समै क्यामेरा हुने भएको छ । कम्पनीले बजारमा ल्याउन लागेको नयाँ मोडेलको एयरपड्समा इन्फ्रारेड क्यामेरा हुने भएको हो ।

एप्पल विश्लेषक मिङ चि कुओका अनुसार कम्पनीले सन् २०२६ तिर यस्तो एयरपड्स ल्याउने छ । आईफोनको फेस आईडी रिसिभरमा जस्तो किसिमको इन्फ्रारेड क्यामेरा हुन्छ, नयाँ एयरपड्समा पनि त्यही किसिमको क्यामेरा हुने उनको दाबी छ ।

एप्पलले बजारमा ल्याएको भिजन प्रो हेडसेटमा उक्त एयरपड्स फिट हुने बताइएको छ । विशेषगरी स्पासियल अडिओ (Spatial Audio) अनुभव गराउन यस्तो इयरबड ल्याउन लागेको ‘मिङ ची’ले सङ्केत दिएका छन् ।

यो एयरपड्स लगाएपछि त्यसले प्रयोगकर्ताको वरपर कस्तो किसिमको परिवर्तन भइरहेको छ भन्ने पहिचान गर्छ । र, त्यही वातावरण अनुसार स्पासियल अडियोको अनुभव दिन्छ ।

अहिले भिजन प्रो हेडसेट लगाएर म्युजिक बजायो वा भिडिओ हेर्‍यो भने दुवैपट्टि बराबर आवाज आउँछ । जता ढल्किए पनि आवाजमा कुनै बदलाव आउँदैन । तर, प्रयोगकर्ताले वास्तविक अडियो सुनेको अनुभव दिन नयाँ एयरपड्सले जता टाउको फर्कायो, उतै बढी आवाज आउनेछ ।

यसैका लागि कम्पनीले इन्फ्रारेड क्यामेरा राखेको बताइएको छ । अर्थात् यस एयरपड्सले टाउकोलाई ट्रयाक गर्नेछ र त्यही अनुसारको अडिओ अनुभव उपलब्ध गराउनेछ ।

यो भिडिओ गेम, एप्पलको म्युजिक स्ट्रिमिङ प्लेटफर्मका लागि उपयुक्त हुने बताइएको छ ।

Published Date: 09 July 2024


ताजा
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता
डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम किन काटियो? दूरसञ्चारले सोध्यो एनसेललाई स्पष्टीकरण
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर
पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली