पाकिस्तानको कराचीस्थित ‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा सोमबार आगलागी

पाकिस्तानको कराचीस्थित ‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा सोमबार आगलागी : Icon Khabar

काठमाडौं, असार २४ । पाकिस्तानको कराचीस्थित ‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा सोमबार आगलागी भएको छ । एक्सचेन्जको चौथो तल्लाबाट आगलागी सुरु भएको थियो भने हाल नियन्त्रणमा आइसकेको छ । आगलागीपछि केही समयका लागि एक्सचेन्जमा सेयर कारोबार रोक्का गरिएको रोयटर्सले उल्लेख गरेको छ । आगलागी सुरु हुनेबित्तिकै भवनबाट कर्मचारीहरुलाई बाहिर निकालिएको थियो ।

यद्दपि, हाल आगलागी नियन्त्रणमा आइसकेको र भवनलाई चिस्याउने काम भइरहेको बताइएको छ । ब्रोकर कम्पनीका कर्मचारीहरु पनि भवन भित्र पुनः प्रवेश गरिसकेका छन् । समयमै आगलागी नियन्त्रण गरिएका कारण कुनै मानवीय क्षति नभएको ‘सिन्ध रेस्क्यू’ का प्रवक्ता हसन खानलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यम डन डट कमले उल्ले गरेको छ ।

पछिल्लो समय पाकिस्तानको सेयर बजार रेकर्ड उच्च विन्दुमा कारोबार हुँदै आएको छ । त्यहाँको ‘केएएसई–१००’ सूचकले हालै मात्र ८० हजार विन्दुको ऐतिहासिक विन्दु पार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 July 2024
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित