पाकिस्तानको कराचीस्थित ‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा सोमबार आगलागी

पाकिस्तानको कराचीस्थित ‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा सोमबार आगलागी : Icon Khabar

काठमाडौं, असार २४ । पाकिस्तानको कराचीस्थित ‘पाकिस्तान स्टक एक्सचेन्ज’ को भवनमा सोमबार आगलागी भएको छ । एक्सचेन्जको चौथो तल्लाबाट आगलागी सुरु भएको थियो भने हाल नियन्त्रणमा आइसकेको छ । आगलागीपछि केही समयका लागि एक्सचेन्जमा सेयर कारोबार रोक्का गरिएको रोयटर्सले उल्लेख गरेको छ । आगलागी सुरु हुनेबित्तिकै भवनबाट कर्मचारीहरुलाई बाहिर निकालिएको थियो ।

यद्दपि, हाल आगलागी नियन्त्रणमा आइसकेको र भवनलाई चिस्याउने काम भइरहेको बताइएको छ । ब्रोकर कम्पनीका कर्मचारीहरु पनि भवन भित्र पुनः प्रवेश गरिसकेका छन् । समयमै आगलागी नियन्त्रण गरिएका कारण कुनै मानवीय क्षति नभएको ‘सिन्ध रेस्क्यू’ का प्रवक्ता हसन खानलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यम डन डट कमले उल्ले गरेको छ ।

पछिल्लो समय पाकिस्तानको सेयर बजार रेकर्ड उच्च विन्दुमा कारोबार हुँदै आएको छ । त्यहाँको ‘केएएसई–१००’ सूचकले हालै मात्र ८० हजार विन्दुको ऐतिहासिक विन्दु पार गरेको थियो ।

Published Date: 08 July 2024


ताजा
वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा अहिलेसम्म ५ जनाको मृत्यु
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी
प्रतिनिधिसभा बैठक आज : नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ दिँदै






ट्रेन्डिङ
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त