फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल

फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल : Icon Khabar

काठमाडौँ, असार २४ । फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ ।

वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण यो सम्भव भएको हो । एक साताअघि पहिलो चरणमा चरम दक्षिणपन्थी नेशनल र्याली (आरएन) पार्टीले अग्रता लिए पनि अहिले दोस्रो चरणमा न्यू पपुलर फ्रन्ट (एनएफपी) सबैभन्दा बढी मत ल्याउँदै अगाडि रहेको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनको केन्द्रवादी पार्टी एन्सेम्बल एलायन्स दोस्रो स्थानमा आउने अनुमान गरिएको छ । तर, कुनै पनि गठबन्धनले आफ्नै बलमा बहुमत ल्याउन सक्ने अवस्था छैन । अबको प्रधानमन्त्री को हुने भन्ने स्पष्ट भइसकेको छैन तर म्याक्रोनको पार्टीका वर्तमान प्रधानमन्त्री गेर्बियल अट्टलले राजीनामा दिने बताएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार ५७७ सदस्यीय फ्रान्सको तल्लो सदनमा बामपन्थी गठबन्धनले १८२ सिट जितेको छ भने राष्ट्रपति म्याक्रोनको गठबन्धन एन्सेम्बल एलायन्सले १६८ सिट जितेको छ । त्यस्तै नेशनल र्‍यालीले १४३ सिट जितेको फ्रान्सका मिडियाले उल्लेख गरेका छन् ।

यस सम्भावित ठूलो अप्ठ्यारोको कारण धेरै वामपन्थी र केन्द्रवादी उम्मेदवारहरूले अति दक्षिणपन्थी राष्ट्रिय र्‍यालीको विरुद्धमा मतदाताहरूबीच विभाजन हुन नदिन चुनावी दौडबाट पछि हटेका थिए । फ्रान्स अनबाउड पार्टीका नेता जीन-लुक मेलेनचोनले एनएफपीको सम्भावित विजयलाई अति दक्षिणपन्थीहरू विरुद्धको जीत र म्याक्रोनको एजेन्डाको हार भनेका छन् ।

मध्य पेरिसको प्यालेस डे ला रिपब्लिकमा वामपन्थी समर्थकहरूले विजय र्‍याली गरिरहेका छन् । नेशनल र्यालीका नेता जोर्डन बर्डेलाले ‘बेइमानहरूको गठबन्धन’ ले आफ्नो पार्टीलाई सत्ताबाट धकेलेको र फ्रान्सलाई कट्टरपन्थी वामपन्थीको हातमा राखेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 July 2024
Website | + posts






ताजा
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल
महाकाली नदीमा जलसतह खतराभन्दा माथि
स्वस्थ रहन प्राणायाम किन महत्वपूर्ण छ ?
कुलिङ पिरियडसम्बन्धि छानबिन समितिको प्रतिवेदन आज प्रतिनिधि सभामा पेस हुने




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण