गृह मन्त्रालय रास्वपालाई दिनुपर्छ : केपी ओली

गृह मन्त्रालय रास्वपालाई दिनुपर्छ : केपी ओली : Icon Khabar

काठमाडौं, माघ १९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका क्रममा भएको सहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिनुपर्ने बताएका छन् । उनले सरकार गठनका क्रममा राप्रपालाई गृह मन्त्रालय दिने सत्तारुढ दलहरुबीच सहमति भएको बताए ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘हामीले गृह मन्त्रालय राप्रपालाई दिएको छ, अदालतको पूर्ण पाठ किन चाहियो ?

उनले यो छलफल गर्नुपर्ने विषय नभएको बताए । ‘चर्चा चलिरहेको छ, तर विवाद छैन,’ ओलीले भने, ‘यो छलफल गर्नुपर्ने विषय पनि होइन ।

राष्ट्रपतिको निर्वाचनका कारण वर्तमान सरकार संकटमा पर्ने र गृहमन्त्रालय कसलाई दिने भन्नेमा आफूलाई लागेको नभएको ओलीले बताए । उनले भने, ‘तपाईंले भनेजस्तै सरकार संकटमा पर्ला जस्तो लाग्दैन ।

Published Date: 02 February 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै