सांसदहरुले आत्मदाहका घटनालाई नियन्त्रण गर्न सरकारलाई गम्भीर बन्न आग्रह

सांसदहरुले आत्मदाहका घटनालाई नियन्त्रण गर्न सरकारलाई गम्भीर बन्न आग्रह : Icon Khabar

काठमाडौं, माघ १९ । देशका विभिन्न भागमा पटक पटक आत्मदाहका घटना भइरहेकामा सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा समय लिँदै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट भएका साना किसानलाई सरकारले क्षतिपूर्ति दिन माग गरेका छन् । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै महासचिव थापाले बैंकको ऋण तिर्न नसक्दा मर्कामा परेका किसानको समस्या बुझ्न सरकारलाई आग्रह गर्नुभयो ।

बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट भएका किसानलाई सरकारले ५८ करोड रुपैयाँ मुआब्जा दिनुपर्ने थापाले बताए । उनले यो रकम भुक्तानीमा ढिलाइ नगर्न सरकारसँग आग्रह गरे ।

त्यस्तै स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले आत्मदाह र आत्महत्या प्रकरणको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन् ।

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले आत्महत्या गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको बारेमा संसदमा आवाज नउठ्नु दुःखद भएको बताए । उनले भने, ‘आज हामी संसदमा बहस गरिरहेका छौं । यो देशमा सफल हुन नसकेपछि एक युवाले आत्मदाह गरेका छन् । आज यो सदनमा विशेष प्रस्ताव आउँछ कि प्रेम आचार्यलाई किन आत्मदाह गर्न बाध्य पारियो ? यसबारे छलफल हुन सक्छ, तर आज यो संसद मृत शरीरको रूपमा स्थापित भएको छ।

नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन् । उनले काम सकेर फर्किएपछि रोजगारीका लागि नियुक्ति पत्र दिने बताए ।

Published Date: 02 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न