सांसदहरुले आत्मदाहका घटनालाई नियन्त्रण गर्न सरकारलाई गम्भीर बन्न आग्रह

सांसदहरुले आत्मदाहका घटनालाई नियन्त्रण गर्न सरकारलाई गम्भीर बन्न आग्रह : Icon Khabar

काठमाडौं, माघ १९ । देशका विभिन्न भागमा पटक पटक आत्मदाहका घटना भइरहेकामा सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा समय लिँदै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट भएका साना किसानलाई सरकारले क्षतिपूर्ति दिन माग गरेका छन् । प्रतिनिधिसभामा शून्य समयमा बोल्दै महासचिव थापाले बैंकको ऋण तिर्न नसक्दा मर्कामा परेका किसानको समस्या बुझ्न सरकारलाई आग्रह गर्नुभयो ।

बर्डफ्लु नियन्त्रणका लागि कुखुरा नष्ट भएका किसानलाई सरकारले ५८ करोड रुपैयाँ मुआब्जा दिनुपर्ने थापाले बताए । उनले यो रकम भुक्तानीमा ढिलाइ नगर्न सरकारसँग आग्रह गरे ।

त्यस्तै स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले आत्मदाह र आत्महत्या प्रकरणको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन् ।

जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले आत्महत्या गरेका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको बारेमा संसदमा आवाज नउठ्नु दुःखद भएको बताए । उनले भने, ‘आज हामी संसदमा बहस गरिरहेका छौं । यो देशमा सफल हुन नसकेपछि एक युवाले आत्मदाह गरेका छन् । आज यो सदनमा विशेष प्रस्ताव आउँछ कि प्रेम आचार्यलाई किन आत्मदाह गर्न बाध्य पारियो ? यसबारे छलफल हुन सक्छ, तर आज यो संसद मृत शरीरको रूपमा स्थापित भएको छ।

नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन् । उनले काम सकेर फर्किएपछि रोजगारीका लागि नियुक्ति पत्र दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 February 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न