बुधबार नेप्से परिसूचक ११.६० अंकले घट्यो

बुधबार नेप्से परिसूचक ११.६० अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार १२ । बुधबार नेप्से परिसूचक ११.६० अंक घटेर २०६०.१६ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०५ स्टकको ५४ हजार ७९३ पटकको कारोबारमा ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको ८७ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १६ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज गुडविल फाइनान्सको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १३ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ। घटेर अरु उपसमूहहरुको गिरावटदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2024
Website | + posts