एक्सेल्सियर कप भोलिदेखि

एक्सेल्सियर कप भोलिदेखि : Icon Khabar

काठमाडौं, माघ १८ । द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।

फाइभ ए साइड फर्मेटमा हुने फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १३–१३ टिम सहभागी हुने छन् । खेल लिग कम नकआउट पद्धतिमा हुनेछ ।

संस्थापक निर्देशक बस्नेतले कोरोना भाइरसका कारण रोखिएको प्रतियोगितालाई निरन्तरता दिनुका साथै विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले एक्सेल्सियर कपको सुरुआत गरेको बताए ।

एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आठदिने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ ।

Published Date: 01 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न