सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसमा गुजराजलाई स्वर्ण

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसमा गुजराजलाई स्वर्ण : Icon Khabar
सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको टिम इभेन्टका स्वर्ण विजेता

काठमाडौ, माघ १८ । भारतको गुजरात टेबलटेनिस एसोसिएसनले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बुधबार स्वर्ण जितेको छ ।

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित गर्यो ।

डबल्समा गुजरातका भतासिन र भ्रिसिनको जोडीले विनेश खनियाँ र विपुल महर्जनको जोडीलाई ७–११, १२–१०, १३–११ र ११–९ को सोझो सेटमा पराजित गरे । सिंगल्समा सान्तोषले संयोग कपालीलाई १२–१०, ११–६, ८–११ र ११–७ को सेटमा हराए । अर्को सिंगल्समा भ्रिसिनले विपुललाई ११–६, ९–११, ११–४ र ११–९ ले पाखा लगाए ।

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसमा प्रतिस्पर्धा गर्दै खेलाडी

महिला टिम इभेन्टमा भने मंगलबार नेपाल प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित गर्दै स्वर्ण जितेको थियो ।

Published Date: 01 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न