औषधिय गुणले भरिएको ‘हिंग’ को फाइदै फाइदा

औषधिय गुणले भरिएको ‘हिंग’ को फाइदै फाइदा : Icon Khabar

काठमाडौं, माघ १८ । नेपाली समाजमा आयुर्वेदले निकै अहम भुमिका खेलेको छ । परापूर्वकालदेखी नेपाल जडीबुटी र आयुर्वेदमा धनि देशको रुपमा विश्वमा परिचित हुदैँ आएको छ । आयुर्वेदमा अतिनै प्रयोग हुदैँ आएको एक औषधिय गुणले भरिपूर्ण हिंगको बारेमा थोरैलाई मात्रै थाहा होला । त्यस्तै त हिंगको प्रयोग खानाको स्वाद बढाउनका लागि धेरैले गरेपनि हिंगको औषधिय गुणको बारेमा भने सबैलाई थाहा नहुन सक्छ । स्वाद बढाउनका लागि दाल झान्न होस वा करी बनाउनका लागि होस प्रायः सबैले भान्छामा हिंगको प्रयोग गर्ने गर्दछन् ।

हामीले प्रयोग गर्ने हिंगको औषधिय गुणले अनेक प्रकारका स्वास्थ्य समस्याबाट छुट्कारा दिलाउनमा मद्दत गर्छ । आयुर्वेदका अनुसार औषधिय गुणले भरिपूर्ण हिंगले रुघाखोकी, सर्दी, अपच आदि जस्ता समस्यामा राहत दिन्छ । त्यस बाहेक पनि हिंगको अन्य फाइदाहरु पनि छन् । हिंगको औषधीय गुण यस्ता छन् :

१. हिंगको औषधिय गुणः हिंगमा कोउमारिन नामक पदार्थ पाइन्छ । यसले रगतलाई जम्नबाट रोक्छ साथै रगतलाई पातलो पनि बनाउने काम गर्छ । जसले ब्लड प्रेशरलाई नियन्त्रण गर्नमा मद्दत मिल्छ । प्राचीन कालदेखि नै हिंगको प्रयोग पेटको सबै प्रकारको समस्याका लागि गरिदैँ आएको छ ।

२. हिंगमा एन्टी–इन्फ्लेमेटरी र एन्टी–अक्सीडेन्ट गुणको भन्डार हुन्छ । पेट गडबडी हुँदा, एसिडिटी, झाडापखाला हुँदा पनि हिंगको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । हिंगमा पाइने एन्टी–इन्फ्लेमेट्री तत्वले महिनावारी सँग सम्बन्धीत सबै समस्याबाट छुट्कारा दिलाउनमा मद्दत गर्छ । त्यस बाहेक हिंंगले महिलामा ल्यूकोरिया र क्यान्डिडा इन्फेक्शनलाई निको पार्नमा पनि निकै मद्दत गर्दछ ।

३. हिंगको सेवनले पुरुषको सम्पूर्ण यौन सम्बन्धी रोगहरुको उपचारका लागि पनि लाभकारी हुन्छ । नियमित खानामा थोरै हिंग मिसाएर सेवन गर्नाले नपुंसकता, शीघ्रपतन तथा स्पर्ममा कमीको समस्याबाट छुट्कारा दिलाउँछ । त्यसबाहेक तातो पानीमा हिंग मिसाएर पिउनाले लिबिडो अर्थात् कामेच्छा पनि बढ्ने हुन्छ ।

४. हिंंगको सेवन गर्नाले खकार प्राकृतिक रुपले हट्छ । खोकीको उपचारमा मद्दत गर्छ । मह र अदुवा सँगै हिंग मिसाएर खानाले खोकीमा निकै राहत हुन्छ ।

Published Date: 01 February 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी