औषधिय गुणले भरिएको ‘हिंग’ को फाइदै फाइदा

औषधिय गुणले भरिएको ‘हिंग’ को फाइदै फाइदा : Icon Khabar

काठमाडौं, माघ १८ । नेपाली समाजमा आयुर्वेदले निकै अहम भुमिका खेलेको छ । परापूर्वकालदेखी नेपाल जडीबुटी र आयुर्वेदमा धनि देशको रुपमा विश्वमा परिचित हुदैँ आएको छ । आयुर्वेदमा अतिनै प्रयोग हुदैँ आएको एक औषधिय गुणले भरिपूर्ण हिंगको बारेमा थोरैलाई मात्रै थाहा होला । त्यस्तै त हिंगको प्रयोग खानाको स्वाद बढाउनका लागि धेरैले गरेपनि हिंगको औषधिय गुणको बारेमा भने सबैलाई थाहा नहुन सक्छ । स्वाद बढाउनका लागि दाल झान्न होस वा करी बनाउनका लागि होस प्रायः सबैले भान्छामा हिंगको प्रयोग गर्ने गर्दछन् ।

हामीले प्रयोग गर्ने हिंगको औषधिय गुणले अनेक प्रकारका स्वास्थ्य समस्याबाट छुट्कारा दिलाउनमा मद्दत गर्छ । आयुर्वेदका अनुसार औषधिय गुणले भरिपूर्ण हिंगले रुघाखोकी, सर्दी, अपच आदि जस्ता समस्यामा राहत दिन्छ । त्यस बाहेक पनि हिंगको अन्य फाइदाहरु पनि छन् । हिंगको औषधीय गुण यस्ता छन् :

१. हिंगको औषधिय गुणः हिंगमा कोउमारिन नामक पदार्थ पाइन्छ । यसले रगतलाई जम्नबाट रोक्छ साथै रगतलाई पातलो पनि बनाउने काम गर्छ । जसले ब्लड प्रेशरलाई नियन्त्रण गर्नमा मद्दत मिल्छ । प्राचीन कालदेखि नै हिंगको प्रयोग पेटको सबै प्रकारको समस्याका लागि गरिदैँ आएको छ ।

२. हिंगमा एन्टी–इन्फ्लेमेटरी र एन्टी–अक्सीडेन्ट गुणको भन्डार हुन्छ । पेट गडबडी हुँदा, एसिडिटी, झाडापखाला हुँदा पनि हिंगको सेवन गर्नु निकै फाइदाजनक हुन्छ । हिंगमा पाइने एन्टी–इन्फ्लेमेट्री तत्वले महिनावारी सँग सम्बन्धीत सबै समस्याबाट छुट्कारा दिलाउनमा मद्दत गर्छ । त्यस बाहेक हिंंगले महिलामा ल्यूकोरिया र क्यान्डिडा इन्फेक्शनलाई निको पार्नमा पनि निकै मद्दत गर्दछ ।

३. हिंगको सेवनले पुरुषको सम्पूर्ण यौन सम्बन्धी रोगहरुको उपचारका लागि पनि लाभकारी हुन्छ । नियमित खानामा थोरै हिंग मिसाएर सेवन गर्नाले नपुंसकता, शीघ्रपतन तथा स्पर्ममा कमीको समस्याबाट छुट्कारा दिलाउँछ । त्यसबाहेक तातो पानीमा हिंग मिसाएर पिउनाले लिबिडो अर्थात् कामेच्छा पनि बढ्ने हुन्छ ।

४. हिंंगको सेवन गर्नाले खकार प्राकृतिक रुपले हट्छ । खोकीको उपचारमा मद्दत गर्छ । मह र अदुवा सँगै हिंग मिसाएर खानाले खोकीमा निकै राहत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2023
Website | + posts