बिहिबार नेप्से परिसूचक १०.४४ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक १०.४४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार ५ । बिहिबार नेप्से परिसूचक १०.४४ विन्दुले घटेर २०६८.३१ अंकमा आएर अडिएको छ । सूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

आज ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्स समूहमा बढी चमक आएको छ । म्युचुअल फन्ड समूह पनि बढेको छ । अरु समूहका सूचक भने घटेका छन् ।

आज ३०६ कम्पनीको ८६ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड १४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माउन्टेन इनर्जी नेपाल अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र सीइडीबी हाइड्रोपावर परेका छन् ।

Published Date: 20 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर