बिहिबार नेप्से परिसूचक १०.४४ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक १०.४४ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार ५ । बिहिबार नेप्से परिसूचक १०.४४ विन्दुले घटेर २०६८.३१ अंकमा आएर अडिएको छ । सूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

आज ३ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । फाइनान्स समूहमा बढी चमक आएको छ । म्युचुअल फन्ड समूह पनि बढेको छ । अरु समूहका सूचक भने घटेका छन् ।

आज ३०६ कम्पनीको ८६ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड १४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माउन्टेन इनर्जी नेपाल अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी र सीइडीबी हाइड्रोपावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2024
Website | + posts