वर्षाले हेर सबै तिर
छाएको छ हरियाली
किसानहरु रमाउदैछन
बोकेर कोदाली ।
मानो रोपी मुरी
फलाउने महिना हो असार
के साँझ के बिहान
किसानलाई छ नी हतार ।
असारे भाका किन न हो
आजकल सुनिन छोडियो
आधुनिकताको पछ्यौरीले
संस्कृति मिचियो ।
भाषा र संस्कृति कता हो गए
कस्ले बचाउने हो
आधुनिकतामा कसरी अब
यो मन रमाउने हो ।
खेतका गह पानी
राखे धान रोप्न भनेर
रोपार र लाठे रमाए
हेर खेती गर्न पाएर ।
कतै खुसी कतै दुख
ल्यायो नी वर्षाले
बाढी र पहिरो धनजन
क्षती गरायो वर्षाले
दिगो विकासका अवधारणा
अब सबैतिर ल्याउनुछ ।
प्रकृति विपतबाट हेर
सजग बन्नुछ ।
लेखक: सुनिता गाइसी
Published Date: 20 June 2024
सुनिता गाइसी
-
सुनिता गाइसी#molongui-disabled-link
-
सुनिता गाइसी#molongui-disabled-link
-
सुनिता गाइसी#molongui-disabled-link
-
सुनिता गाइसी#molongui-disabled-link