किसानहरु रमाउदैछन् (कविता)

किसानहरु रमाउदैछन् (कविता) : Icon Khabar

वर्षाले हेर सबै तिर
छाएको छ हरियाली
किसानहरु रमाउदैछन
बोकेर कोदाली ।

मानो रोपी मुरी
फलाउने महिना हो असार
के साँझ के बिहान
किसानलाई छ नी हतार ।

असारे भाका किन न हो
आजकल सुनिन छोडियो
आधुनिकताको पछ्यौरीले
संस्कृति मिचियो ।

भाषा र संस्कृति कता हो गए
कस्ले बचाउने हो
आधुनिकतामा कसरी अब
यो मन रमाउने हो ।

खेतका गह पानी
राखे धान रोप्न भनेर
रोपार र लाठे रमाए
हेर खेती गर्न पाएर ।

कतै खुसी कतै दुख
ल्यायो नी वर्षाले
बाढी र पहिरो धनजन
क्षती गरायो वर्षाले

दिगो विकासका अवधारणा
अब सबैतिर ल्याउनुछ ।
प्रकृति विपतबाट हेर
सजग बन्नुछ ।

लेखक: सुनिता गाइसी

Published Date: 20 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर