चार किलो पाँच सय चार ग्राम कोकिन सहित चार जना विदेशी नागरिक पक्राउ

चार किलो पाँच सय चार ग्राम कोकिन सहित चार जना विदेशी नागरिक पक्राउ : Icon Khabar

काठमाडौँ, असार ६ । नेपाल प्रहरीले लागूऔषध कोकिन चार किलो पाँच सय चार ग्रामसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रहरी नायब उपरीक्षक एवम् लागूऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्दै जाने क्रममा उनीहरूलाई लागूऔषध कोकिनसहित पक्राउ गरिएको बताए ।

उहाँकाअनुसार जेठ २७ गते फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौँ १६ ठमेलस्थित एक होटलबाट अवैध लागूऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको थियो । निजले उक्त प्लास्टिक कोडेट कोकिनका क्याप्सुलहरू इथियोपियाको एडिस अबबा पुगी निलेर काठमाडौँ आएको पाइएको बताए।

अनुसन्धानको क्रममा पेटमा थप क्याप्सुल रहेको बताएपछि हालसम्म निजबाट ५९ क्याप्सुलहरू समेत गरी ७७ वटा कोकिनका क्याप्सुलहरूबाट एक केजी २६० ग्राम बरामद गरिएको जानकारी दिए।

जेठ ३० गते इमिरेट्सको उडानमार्फत ब्राजिल हुँदै नेपाल आउनुभएको ३३ वर्षकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई पक्राउ गरिएको बताए। निजको झोलामा महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगाहरूमा बटनभित्र लुकाएर राखेको अवस्थामा लागूऔषध कोकिन दुई किलो सय ग्राम बरामद गरिएको बताए।

त्यस्तै, असार १ गते कतार एयरको उडानबाट नेपाल आएका भेनेजुएलाका ३९ वर्षीय सिमोन एन्टोनियो एल्फोन्जो राडालाई काठमाडौँ २६ स्थित एक होटलबाट शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताए। उनको साथबाट कोकिनका ९२ क्याप्सुलबाट एक किलो १९८ ग्राम बरामद गरी अनुसन्धान भइरहेको बताए।

उहाँले कोकिनका उक्र क्याप्सुलहरू डेलिभरी दिने क्रममा भारत मिजोरम बस्ने वर्ष २७ की भारतीय नागरिक लालरु अतसंतीलाई भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताए । बरामद गरिएको लागूऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुने प्रहरीले बताएको छ ।

Published Date: 20 June 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक