वातावरण जोगाउँ (कविता)

वातावरण जोगाउँ (कविता) : Icon Khabar

भक्तपुर, असार २० ।
रुख रोपौ हरियाली बनाउ
वातावरण जोगाउन,
आइपर्न सक्ने प्राकृतिक
विपतिलाई न्युनकरण गर्न जागौ ।

डाडा र पाखा हरियाली
भए समयमै पानी पर्छ
असारको मेलो खेतमा
धान बेलैमा लहराउछ ।

अतिवृष्टी अनावृष्टी जोगाउन
रुख रोपौ
नागा डाडापाखालाई अब
ह्रियाली बनाउन सबै लागौ ।

प्राकृतिक विपति कहिले
हुन्छ कसैलाई थाहा हुन्न
समयमै सबै सजग भए
जोगिन्छ धनजन ।

वर्षाको बेला बाढी पहिरो
जता नि जादै छ
खतरा भाको ठाउँबाट हेर
सुरक्षित हुनु छ ।

सुन्दर र सुरक्षित समाज
बनाउन सबै लागौ
आफना वरपर हेर
ह्रियाली बनाउन रुख विरुवा रोप्ने गरौं ।

– सुनिता गाइसी

Published Date: 04 July 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने