क्यालिफोर्नियामा शान्तीको कामना (कविता)

क्यालिफोर्नियामा शान्तीको कामना (कविता) : Icon Khabar

के धनि के गरिब
प्रकृतीले हेर्देन,
शक्ति र सार्मथले
यसलाई छेक्दैन ।

क्यालिफोर्नियाको अवस्थाले
विश्वभर त्रास छाएको छ
संसारभरबाट त्यहाँको डडेलोको
अन्त्यको कामना भैरहेको छ ।

यत्रतत्र सर्वत्र आगोले
घेरीसक्यो ।
जीव जन्तु मानिसहरु
आगोको चपेटामा परिसके ।

जताततै चित्कारका स्वरहरु
गुन्जदैछन्
हेलिकप्टरबाट सेनाहरु आगो
निभाउन अर्थक प्रयास गदैछन् ।

निरन्तर उदारमा खटिने
सेनाहरुमा सलाम
यस्तो दर्ददनाक अवस्थामा
पनि अमेरिकाले के गर्यो भनि
कुरा काटने काम नगरौ

फेसबुकमा आएका फोटाले
क्यालिफोर्नियाको अवस्था देखाएकाको छ
सबैतिरका मानिसहरुले त्यो भयानक
डडेलोको अन्त्यको कामना गरेकैछन् ।

प्राकृतिक विपत्तिको सामना
गर्न साहस देऊ क्यालिफोर्नियालीहरुलाई
गासँ वास कपासको व्यवस्था गराऔ
ति घरबार विहिनहरुलाई ।

प्राकृतिक विपत्ति सुचना दिएर आउदैन
सचेत भै यसको सामना गर्नुपर्दछ
आतिएर हुदैन विपतमा
एकले अर्कोलाई सहयोग गरौ बेलैमा ।

यस्ता विपत जस्लाई पनि
पर्न सक्दछ
आगलागी,सुनामी, भुकम्प
जता पनि आउन सकदछ

विपतिलाई सामना गर्न
सजग बनौ बेलैमा,
ठाउँ अनुसार विपतिको
पुर्व तयारी पनि गदै गरौ समयमै ।

के धनि के गरिब
प्रकृतीले हेर्देन,
शक्ति र सार्मथले
यसलाई छेक्दैन ।

प्राकृतिक विपत्तिको सामना
गर्न साहस देऊ क्यालिफोर्नियालीहरुलाई
गासँ वास कपासको व्यवस्था गराऔ
ति घरबार विहिनहरुलाई ।

– सुनिता गाइसी

 

 

 

 

Published Date: 18 January 2025


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु