क्यालिफोर्नियामा शान्तीको कामना (कविता)

क्यालिफोर्नियामा शान्तीको कामना (कविता) : Icon Khabar

के धनि के गरिब
प्रकृतीले हेर्देन,
शक्ति र सार्मथले
यसलाई छेक्दैन ।

क्यालिफोर्नियाको अवस्थाले
विश्वभर त्रास छाएको छ
संसारभरबाट त्यहाँको डडेलोको
अन्त्यको कामना भैरहेको छ ।

यत्रतत्र सर्वत्र आगोले
घेरीसक्यो ।
जीव जन्तु मानिसहरु
आगोको चपेटामा परिसके ।

जताततै चित्कारका स्वरहरु
गुन्जदैछन्
हेलिकप्टरबाट सेनाहरु आगो
निभाउन अर्थक प्रयास गदैछन् ।

निरन्तर उदारमा खटिने
सेनाहरुमा सलाम
यस्तो दर्ददनाक अवस्थामा
पनि अमेरिकाले के गर्यो भनि
कुरा काटने काम नगरौ

फेसबुकमा आएका फोटाले
क्यालिफोर्नियाको अवस्था देखाएकाको छ
सबैतिरका मानिसहरुले त्यो भयानक
डडेलोको अन्त्यको कामना गरेकैछन् ।

प्राकृतिक विपत्तिको सामना
गर्न साहस देऊ क्यालिफोर्नियालीहरुलाई
गासँ वास कपासको व्यवस्था गराऔ
ति घरबार विहिनहरुलाई ।

प्राकृतिक विपत्ति सुचना दिएर आउदैन
सचेत भै यसको सामना गर्नुपर्दछ
आतिएर हुदैन विपतमा
एकले अर्कोलाई सहयोग गरौ बेलैमा ।

यस्ता विपत जस्लाई पनि
पर्न सक्दछ
आगलागी,सुनामी, भुकम्प
जता पनि आउन सकदछ

विपतिलाई सामना गर्न
सजग बनौ बेलैमा,
ठाउँ अनुसार विपतिको
पुर्व तयारी पनि गदै गरौ समयमै ।

के धनि के गरिब
प्रकृतीले हेर्देन,
शक्ति र सार्मथले
यसलाई छेक्दैन ।

प्राकृतिक विपत्तिको सामना
गर्न साहस देऊ क्यालिफोर्नियालीहरुलाई
गासँ वास कपासको व्यवस्था गराऔ
ति घरबार विहिनहरुलाई ।

– सुनिता गाइसी

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 18 January 2025
सुनिता गाइसी
+ posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने