वर्षाको मौसम (कविता)

वर्षाको मौसम (कविता) : Icon Khabar

कहिले हेर मुटु नै
काम्ने चिसो सिरेटो
कहिले भने अत्यन्तै
गर्मी तातियो धर्ति यो ।

मौसमका यस्तै यस्तै
विभिन्न रंंग छन् ।
मानव जीवन सुख
र दुख बिताउने जस्ता छन् ।

जताजतै बाढी र पहिरो
जीवन भो कष्टकर,
सजग बनौ सर्तक
रहऔ वर्षायाम भर ।

पहिरो लाग्ने ठाउँका
हेर हुनु छ सर्तक
बेलैमा विचार गरेमा मात्र
यो जीवन रहन्छ ।

देशैभर हेर बाढी र पहिरो
जनजीवन प्रभावित
उदार गर्न तयार बनौ
नभनौ साझ विहान ।

मानव जीवन अमुल्य छ
है विचार गरै है
अरुलाई पर्दा सबैले
हेर सहयोग गरौ है

प्राकृतिक विपति कहिले पनि
आउदैन सुचना दिएर
अकस्मात आउँछ क्षण मै
हेर धनजन बगाउँछ ।

रमाइलो गर्न डाँडा पाखा
झरना तिर अब चाहि नलागौ
आफु र आफना आफन्तको
जीवन जोखिममा नपारौ है ।

कहिले हेर मुटु नै
काम्ने चिसो सिरेटो
कहिले भने अत्यन्तै
गर्मी तातियो धर्ति यो ।

लेखक: सुनिता गाइसी

 

Published Date: 10 July 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड