वर्षाको मौसम (कविता)

वर्षाको मौसम (कविता) : Icon Khabar

कहिले हेर मुटु नै
काम्ने चिसो सिरेटो
कहिले भने अत्यन्तै
गर्मी तातियो धर्ति यो ।

मौसमका यस्तै यस्तै
विभिन्न रंंग छन् ।
मानव जीवन सुख
र दुख बिताउने जस्ता छन् ।

जताजतै बाढी र पहिरो
जीवन भो कष्टकर,
सजग बनौ सर्तक
रहऔ वर्षायाम भर ।

पहिरो लाग्ने ठाउँका
हेर हुनु छ सर्तक
बेलैमा विचार गरेमा मात्र
यो जीवन रहन्छ ।

देशैभर हेर बाढी र पहिरो
जनजीवन प्रभावित
उदार गर्न तयार बनौ
नभनौ साझ विहान ।

मानव जीवन अमुल्य छ
है विचार गरै है
अरुलाई पर्दा सबैले
हेर सहयोग गरौ है

प्राकृतिक विपति कहिले पनि
आउदैन सुचना दिएर
अकस्मात आउँछ क्षण मै
हेर धनजन बगाउँछ ।

रमाइलो गर्न डाँडा पाखा
झरना तिर अब चाहि नलागौ
आफु र आफना आफन्तको
जीवन जोखिममा नपारौ है ।

कहिले हेर मुटु नै
काम्ने चिसो सिरेटो
कहिले भने अत्यन्तै
गर्मी तातियो धर्ति यो ।

लेखक: सुनिता गाइसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 July 2024
सुनिता गाइसी
+ posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)