प्रिय आमा (कविता)

प्रिय आमा (कविता) : Icon Khabar

भक्तपुर,वैशाख १४ ।

आमा शब्दले अथाह
माया र प्रेम बोकेको छ
बालापनको सम्झनामा अझै
यो मन रमाएको छ ।

खेली हुर्केको आगँन
चौतारो अझै नी उस्तै देखिन्छ,
अतितका ति सुन्दर पल
मानसपटलमा आईरहन्छ ।

तिम्रै पछ्यौरीको छेउ
समातेर उभिन जानेकी हुँ
तिम्रो न्यानो काखलाई
विस्तरा बनाई संसार
नियाल्न थालेकी हुँ ।

आफना सारा पिडा
लुकाई सधै मुस्कुराउने तिमी
हर जीत अनि हारमा हरदम
साथ रहने तिमी,

सफलतामा मुस्कुराउदै स्याबासी दिने तिमी
असफलतामा पनि साथ रहि
सधै हौसल्ला दिने तिमी

धर्ति जतिकै सालिन अनि धैर्यवान बनि,
सफलताका कथा सुनाउने तिमी

बाँडेर कहिले नसकिने
तिम्रो त्यो माया,
हर पाइलामा म त देख्छु
तिमै आर्शिवादको छाया ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 April 2025
सुनिता गाइसी
+ posts