प्रिय आमा (कविता)

प्रिय आमा (कविता) : Icon Khabar

भक्तपुर,वैशाख १४ ।

आमा शब्दले अथाह
माया र प्रेम बोकेको छ
बालापनको सम्झनामा अझै
यो मन रमाएको छ ।

खेली हुर्केको आगँन
चौतारो अझै नी उस्तै देखिन्छ,
अतितका ति सुन्दर पल
मानसपटलमा आईरहन्छ ।

तिम्रै पछ्यौरीको छेउ
समातेर उभिन जानेकी हुँ
तिम्रो न्यानो काखलाई
विस्तरा बनाई संसार
नियाल्न थालेकी हुँ ।

आफना सारा पिडा
लुकाई सधै मुस्कुराउने तिमी
हर जीत अनि हारमा हरदम
साथ रहने तिमी,

सफलतामा मुस्कुराउदै स्याबासी दिने तिमी
असफलतामा पनि साथ रहि
सधै हौसल्ला दिने तिमी

धर्ति जतिकै सालिन अनि धैर्यवान बनि,
सफलताका कथा सुनाउने तिमी

बाँडेर कहिले नसकिने
तिम्रो त्यो माया,
हर पाइलामा म त देख्छु
तिमै आर्शिवादको छाया ।

 

 

 

Published Date: 27 April 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु