बिहिबार सुन चाँदीको भाउ बढ्यो

बिहिबार सुन चाँदीको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, असार ६ । दुई दिन स्थिर रहेको सुनको भाउ आज भने तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १८ सय ४० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३३९ डलरमा र चाँदी प्रतिऔंस ३०.२७ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 20 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर