बिहिबार सुन चाँदीको भाउ बढ्यो

बिहिबार सुन चाँदीको भाउ बढ्यो : Icon Khabar

काठमाडौं, असार ६ । दुई दिन स्थिर रहेको सुनको भाउ आज भने तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १८ सय ४० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १८ सय ५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३३९ डलरमा र चाँदी प्रतिऔंस ३०.२७ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 20 June 2024
Website | + posts