भारतका लोकप्रिय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या

भनिन् मैले केहि सुन्न सकिरहेकी छैन

भारतका लोकप्रिय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या : Icon Khabar

काठमाडौं, असार ४ । भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ। अल्काले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन्।

‘यो एक्कासि ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ र यसबाट मुक्ति पाउन अझै प्रयास गरिरहेको छु,’ उनले भनेकी छन्।

अल्काले पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथीभाइ, फलोअर्स र शुभचिन्तकहरू। केही साताअघि जब म फ्लाइटबाट बाहिर निस्कें, मलाई अचानक महसुस भयो म केही सुन्न सक्दिनँ । डाक्टरहरूले मलाई भाइरल आक्रमणका कारण दुर्लभ सेन्सरी नर्भ श्रवणशक्तिको क्षति भएको पत्ता लगाएका छन् ।

यो अचानक ठूलो झट्काले मलाई पूर्ण रूपमा चकित बनाएको छ । म यसबाट निको हुन खोज्दैछु। तपाईंहरु सबैको माया र साथले म मेरो जीवनलाई पुन: व्यवस्थित गर्न र छिट्टै तपाईंकहाँ फर्किने विश्वास गर्दछु।’

Published Date: 18 June 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली