भारतका लोकप्रिय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या

भनिन् मैले केहि सुन्न सकिरहेकी छैन

भारतका लोकप्रिय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या : Icon Khabar

काठमाडौं, असार ४ । भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ। अल्काले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको जानकारी दिएकी छन्।

‘यो एक्कासि ठूलो झट्काले मलाई स्तब्ध बनाएको छ र यसबाट मुक्ति पाउन अझै प्रयास गरिरहेको छु,’ उनले भनेकी छन्।

अल्काले पोस्ट सेयर गर्दै लेखेकी छन्, ‘मेरा सबै फ्यान, साथीभाइ, फलोअर्स र शुभचिन्तकहरू। केही साताअघि जब म फ्लाइटबाट बाहिर निस्कें, मलाई अचानक महसुस भयो म केही सुन्न सक्दिनँ । डाक्टरहरूले मलाई भाइरल आक्रमणका कारण दुर्लभ सेन्सरी नर्भ श्रवणशक्तिको क्षति भएको पत्ता लगाएका छन् ।

यो अचानक ठूलो झट्काले मलाई पूर्ण रूपमा चकित बनाएको छ । म यसबाट निको हुन खोज्दैछु। तपाईंहरु सबैको माया र साथले म मेरो जीवनलाई पुन: व्यवस्थित गर्न र छिट्टै तपाईंकहाँ फर्किने विश्वास गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
0
Published Date: 18 June 2024
Website | + posts