अमेरिकाको फ्लोरिडामा लगातार भारी वर्षा भएपछि आपत्कालीन घोषणा

अमेरिकाको फ्लोरिडामा लगातार भारी वर्षा भएपछि आपत्कालीन घोषणा : Icon Khabar

काठमाडौँ, जेठ ३२ । अमेरिकाको दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी-डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको छ ।

ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इन्चसम्म वर्षा भएको छ । फोर्ट लोडरडेल-हलिउड क्षेत्रमा वर्षाको दर बुधबार १० सेन्टिमिटरसम्म पुगेको छ । सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ ।

अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो । आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष वर्षा र तूफान आउँछ । सन् २०२३ अगस्ट २९ मा तूफान इडालियाको सम्पर्कमा आउँदा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न