यहि असार २ गतेसम्म तराईमा अत्यधिक गर्मी कायम रहने

यहि असार २ गतेसम्म तराईमा अत्यधिक गर्मी कायम रहने : Icon Khabar

काठमाडौं, जेठ ३२ । मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना औंल्याएको हो । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुन सक्रिय छ । मधेश र बागमती प्रदेशमा पनि केही शीतल महसुस हुने गरेको छ । तर लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।

ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिएको थियो । बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् ।

बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका नदीहरुमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।

महाशाखाले आज बिहान साढे ३ बजे अलर्ट जारी गर्दै तमोर नदीको सतह ६ मिटर बढेकाले सतर्क रहन भनेको छ । ‘ तमोर नदी माझिटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह (६ मिटर) भन्दा माथि रहेको र बढ्दो क्रममा रहेकाले तमोर नदी तटीय क्षेत्रमा हुनुहुनेहरूले सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
Published Date: 14 June 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न