यहि असार २ गतेसम्म तराईमा अत्यधिक गर्मी कायम रहने

यहि असार २ गतेसम्म तराईमा अत्यधिक गर्मी कायम रहने : Icon Khabar

काठमाडौं, जेठ ३२ । मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहीबार बेलुका ६ बजे विशेष बुलेटिन जारी गर्दै जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना औंल्याएको हो । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुन सक्रिय छ । मधेश र बागमती प्रदेशमा पनि केही शीतल महसुस हुने गरेको छ । तर लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।

ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै कोशी प्रदेशमा भने मनसुनी प्रणाली भित्रिएको थियो । बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् ।

बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका नदीहरुमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।

महाशाखाले आज बिहान साढे ३ बजे अलर्ट जारी गर्दै तमोर नदीको सतह ६ मिटर बढेकाले सतर्क रहन भनेको छ । ‘ तमोर नदी माझिटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह (६ मिटर) भन्दा माथि रहेको र बढ्दो क्रममा रहेकाले तमोर नदी तटीय क्षेत्रमा हुनुहुनेहरूले सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ ।

Published Date: 14 June 2024
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता