सार्वजनिक यातायात क्षेत्रको सुधारका नीतिगत र व्यावहारिक काम सुरु भयो : मन्त्री श्रेष्ठ

सार्वजनिक यातायात क्षेत्रको सुधारका नीतिगत र व्यावहारिक काम सुरु भयो : मन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौँ, माघ १८ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक यातायात क्षेत्रको सुधारका नीतिगत र व्यावहारिक काम सुरु भएको बताएका छन्।

सार्वजनिक यातायात क्षेत्रका मजदुरहरूले उक्त क्षेत्रमा समस्या समाधानका लागि मङ्गलबार पेस गरेको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले मागहरूबारे आफ्नो ध्यानाकर्षण भएको र आफू मजदुरकै प्रतिनिधि भएकाले समाधान गर्ने प्रतिबद्धता जनाए।

मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएअनुसार यातायात जस्तो संवेदनशील सेवा क्षेत्रको प्रभावकारी सुधारका लागि सरकार, व्यवसायी र मजदुरहरूको हातेमालो हुनुपर्ने उनले बताए।

ज्ञापनपत्र प्रस्तुत गर्दै मजदुर सङ्घ/सङ्गठनका प्रतिनिधिहरूले यातायात सम्बद्ध सरकारी संरचनाहरू ऐनविपरीत चल्नाले सार्वजनिक यातायात अस्तव्यस्त भएको र सडकमा राज्य आतङ्क सिर्जना गरिएको भन्दै समाधानको माग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2023
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू