देशभरि एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि

देशभरि एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि : Icon Khabar

काठमाडौँ, जेठ २५ । देशका ६९ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले सन् २०२४ यता ६९ जिल्लाबाट एक हजार १०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।

डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ ।

त्यसैगरी, मधेश प्रदेशमा २९, गण्डकी प्रदेशमा १७०, लुम्बिनी प्रदेशमा १२९ कर्णली प्रदेशमा १५ र सुदूरपश्चिममा ११३ जनामा डेंगु पुष्टि भएको डा.दाहालले बताए ।

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा ११२, झापामा १०९ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ७३, मकवानपुरमा ५८, सिन्धुपाल्चोकमा ४४, तनहुँ ३९, ओखलढुङ्गामा ३८, रुपन्देहीमा २८, डोटीमा ३० र भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा. दाहालको सुझाव छ ।

 

Published Date: 07 June 2024


ताजा
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग