विश्वव्यापी रूपमा खाद्यान्नको मूल्य बढ्दै

विश्वव्यापी रूपमा खाद्यान्नको मूल्य बढ्दै : Icon Khabar

काठमाडौं, जेठ २५ । खाद्यान्नको विश्वव्यापी मूल्य लगातार तेस्रो महिना पनि बढेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य एजेन्सीको ‘विश्व खाद्य मूल्य सूचकांक’ मे महिनामा पनि बढेर १२०.४ विन्दु कायम भएको रोयटर्सले उल्लेख गरेको छ ।

यसअघि मार्च महिनामा ११८.३ विन्दुमा रहेको उक्त सूचकांक अप्रिलमा पनि बढेर ११९.१ कायम भएको थियो । फेब्रुअरीमा लगातार सातौं महिना घटेर ३ वर्षयताकै न्यून अर्थात ११७ विन्दुमा आएको खाद्यान्नको विश्वव्यापी मूल्य मार्च महिनादेखि लगातार बढ्न थालेको हो ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनको सूचकांकले विश्वव्यापीरुपमा सबैभन्दा बढी कारोबार हुने खाद्य वस्तुहरुको मूल्य मापन गर्ने गर्दछ । खाद्यान्नको विश्वव्यापी मूल्य सन् २०२२ मार्च महिनाको ऐतिहासिक उचाइबाट तीव्र गतिमा घट्दै आएको थियो । यद्दपि, पछिल्लो केही महिनादेखि पुनः उकालो लाग्न थालेको हो ।

मे महिनामा चिनी र वनस्पति तेलको मूल्यमा गिरावट आएपनि अन्न र दुग्धजन्य पदार्थको मूल्यमा उच्च वृद्धि भएपछि सूचककांक माथि लागेको रोयटर्सले उल्लेख गरेको छ ।

मे महिनाको खाद्य सूचकांक गत वर्ष अर्थात सन् २०२३ को सोही अवधिको तुलनामा अझैपनि ३.४% तल रहेको छ । मे महिनामा अन्नको मूल्यमा सबैभन्दा उच्च ६.३% वृद्धि भएको छ ।

उत्तर अमेरिका, युरोप र ब्ल्याक सी लगायत प्रमुख उत्पादक क्षेत्रहरुमा सन् २०२४ मा बाली अवस्था प्रतिकूल रहने देखिएपछि अन्नको मूल्य बढेको हो । यस्तै, दुग्धजन्य पदार्थको मूल्य पनि अप्रिलको तुलनामा १.८% बढेको छ । यता, चिनीको मूल्यमा भने सबैभन्दा उच्च ७.५% गिरावट आएको छ ।

Published Date: 07 June 2024


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु