म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ: प्रधानमन्त्री दाहाल

म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको बताएका हुन् ।

उनले सहकारीमा कुनै एउटा पार्टी मात्र नभएको बताए । ‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू, जसले सहकारी खालेर काम गर्न भनेर सुरु गरे ।

म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ’ माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले भने ‘किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन् ।’

उनले सहकारीको सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई भ्रमित गरेर शोषण गर्ने माध्यम जस्तो भएको बताए ।

विद्यमान संरचनाबाट यसलाई सम्बोधन गर्न नसकिने भन्दै उनले भने, ‘बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाइभ गर्न सकिन्छ ।’

Published Date: 07 June 2024






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न