टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट

टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट : Icon Khabar

काठमाडौं, जेठ २४ । टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट भएको छ । प्रोभिडेन्स स्टेडियममा भएको टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको हो ।

हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन हो । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।

यसअघि एक/एक खेलेका यी दुवै टिम पराजित भएका थिए । पपुवा न्यूगिनी वेष्टइन्डिज र युगान्डा अफगानिस्तानसँग पराजित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2024
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू