आज दिउँसो काठमाडौं उपत्यकामा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो काठमाडौं उपत्यकामा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, जेठ २४ । अहिले देशका अधिकांश भूभागमा आशिंक बदली रही कोशी, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि यी प्रदेशमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो काठमाडौं उपत्यकाका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बदलीको मात्रा कायमै हुने हुँदा आज पश्चिम तराईका भूभागमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम नपुग्ने अनुमान गरेको मौसमविद् कँडेलले जानकारी दिइन्। उनका अनुसार बुधबार काठमाडौंको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस मापन भएको थियो। बिहीबारको तापक्रम पनि यही हाराहारीमै पुग्नेअनुमान गरेको मौसमविद् कँडेलले बताइन्।

Published Date: 06 June 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड