आज दिउँसो काठमाडौं उपत्यकामा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो काठमाडौं उपत्यकामा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, जेठ २४ । अहिले देशका अधिकांश भूभागमा आशिंक बदली रही कोशी, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि यी प्रदेशमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो काठमाडौं उपत्यकाका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बदलीको मात्रा कायमै हुने हुँदा आज पश्चिम तराईका भूभागमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम नपुग्ने अनुमान गरेको मौसमविद् कँडेलले जानकारी दिइन्। उनका अनुसार बुधबार काठमाडौंको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस मापन भएको थियो। बिहीबारको तापक्रम पनि यही हाराहारीमै पुग्नेअनुमान गरेको मौसमविद् कँडेलले बताइन्।

Published Date: 06 June 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड