दोलखामा अवस्थित नेपाल चीन लप्ची रोङसिया नाका खुल्यो, स्थानीयवासी खुशी

दोलखामा अवस्थित नेपाल चीन लप्ची रोङसिया नाका खुल्यो, स्थानीयवासी खुशी : Icon Khabar

दोलखा, जेठ २४ । चीन सरकारले बिगु गाउँपालिका–१, लप्चीको पुरानो व्यापारिक नाका फलाक (रोङसिया) खोलेपछि स्थानीयवासी उत्साहित भएका छन् । सो नाका खुलेसँगै लामो समयको प्रतीक्षा पूरा भएको स्थानीयवासी बताउँछन् ।

चिनियाँ पक्षले नाका खोल्यो, अब हाम्रोतिरको सडक र अन्य संरचना व्यवस्थित गर्न लाग्नुपर्ने बेला आएको गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले बताए । तिब्बतसँग सीमा जोडिएको यस गाउँपालिकामा दुई वटा नाका रहेका छन् ।

फलाक नाका नेपालको ६१ नम्बर पिल्लरबाट जान्छ । यो समुद्री सतहबाट २५ सय १३ मिटर उचाइमा पर्छ । यो नाका तातोपानी नाका सडक मार्ग खोल्नुअघि काठमाडौँसँगको व्यापारिक नाका पनि हो । लप्ची नाकाबाट तिब्बतको छुप्साङ बजार जान्छ । यो नाका कोरोना कहरपछि बन्द गरिएको थियो । चार वर्षपछि नाका खुलेपछि स्थानीयका लागि दैनिक उपभोग्य वस्तु खरिद बिक्री र चौँरीजन्य उत्पादन बिक्रीवितरण सहज हुने बताइएको छ ।

त्यस्तै अर्को नाका तिब्बतको न्यालम काउन्टी अन्तर्गत रान्मुदिमामा जोडिन्छ । दुवै नाका खुलेपछि चीनसँगको व्यापार हुने र लामाबगर क्षेत्रको चहलपहल बढ्ने स्थानीयको अपेक्षा छ । लामाबगरसहित १४ नाका एकैसाथ खोलेसँगै दोलखाको लामाबगर र तिब्बतबिचको पुरानो व्यापारिक कारोबार नियमित हुने भएको छ ।

लामाबगरका व्यापारीले २०६८ सालसम्म तिब्बतको फलाक (रोङ्सिया) बजारबाट सामान ल्याउने गरेका थिए । लामाबगरमा सडकबाट गाडी पुगेपछि व्यापारिक कारोबार बन्द थियो ।

चिनियाँ पक्षले सीमा खोलेसँगै बिगु गाउँपालिकाका जनप्रतिनिधिलाई पनि आमन्त्रण गरेको थियो । सो कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष मेम्बा तमाङ, कार्यपालिका सदस्य लोकबहादुर नेपालीसहितको टोली पुगेर फर्किएको छ ।

रोङ्जिङ पुगेर फर्किएका वडाध्यक्ष तामाङका अनुसार चिनियाँ पक्षले अब व्यापारीलाई चीन पठाइदिन आग्रह गरेका छन् । व्यापारीहरू जाँदा बस्नका लागि पनि भव्य भवन बनाएको र बजार नै भएकाले पुरानै लयमा व्यापार हुनेमा चिनियाँ पक्षले जोड दिएका छन् ।

Published Date: 06 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु