मोदीले पहिलो पटक गठबन्धनको सरकारको नेतृत्व गर्ने, शपथ ग्रहणका लागि प्रचण्डलाई पठाए निम्तो

मोदीले पहिलो पटक गठबन्धनको सरकारको नेतृत्व गर्ने, शपथ ग्रहणका लागि प्रचण्डलाई पठाए निम्तो : Icon Khabar
फाइल तस्बिर

नयाँ दिल्ली, जेठ २४ । मुख्यमन्त्रीबाट लगातार भारतका प्रधानमन्त्री बन्दै आइरहेका नरेन्द्र मोदीले पहिलो पटक अब गठबन्धनको सरकारको नेतृत्व गर्ने भएका छन् ।

बुधवार एनडीएमा सहभागि राजनीतिक दलहरुका प्रमुखहरुको बैठक नयाँ दिल्लीमा आयोजना गरिएको छ । उक्त बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ थियो– ‘लगातार तेस्रो सरकारका लागि एक ऐतिहासिक जनादेश हो, जुन भारतले ६० वर्षपछि पाएको छ ।’

त्यसक्रममा चन्द्रबाबू नायडू तथा नीतिश कुमारले अब समय नगुमाइ चाँडो भन्दा चाँडो सरकार गठन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

बैठकले भोलि शुक्रवार एनडिएको आगामी बैठक बस्नेछ र नरेन्द्र मोदीलाई एनडिएले संसदीय दलको नेता चुन्ने छ । त्यसपछि मोदीले राष्ट्रपतिसमक्ष सरकार बनाउने दावी प्रस्तुत गर्नेछन् । भनिन्छ, जेठ २६ गते शनिवार नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो सपथ लिन सक्नेछन् ।

यसैबीच, नरेन्द्र मोदीले आफ्नो शपथ ग्रहण समारोहका लागि नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई निमन्त्रणा पठाइसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख छन् । मोदीले नेपालका प्रधानमन्त्रीसहित भूटानका नरेश, श्रीलंकाका राष्ट्रपति तथा बंगलादेश र मोरिशसका प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएका हुन् ।

यसअघि नेपालका प्रधानमन्त्री दाहाल, अमेरिकाका राष्ट्रपति जो बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा फ्रान्सका राष्ट्रपतिको तर्फबाट मोदीलाई शुभकामना दिइसकिएको छ । बंगलादेशका प्रधानमन्त्री हसीनाले बुधवार सा“झ फोन गर्दै मोदीलाई चुनावमा पाएको जीतको वधाइ दिएकी थिइन् । त्यसक्रममा मोदीले प्रधानमन्त्री हसीनालाई आफ्नो शपथ ग्रहण समारोहमा सहभागि हुन निम्ता दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने