किकम्पा मन्टेश्वरी प्रि स्कूलले मनायो विश्व वातावरण दिवस

किकम्पा मन्टेश्वरी प्रि स्कूलले मनायो विश्व वातावरण दिवस : Icon Khabar

भक्तपुर, जेठ २३ । किकम्पा मन्टेश्वरी प्रि स्कूल इतबुं,सुर्यविनायक भक्तपुरमा २०८१ जेठ २३ गते बुधबार वृक्षारोपण कार्यक्रम गरि विश्व वातावरण दिवस २०८१ सम्पन्न भएको छ।

कर्यक्रममा स्कूलका प्रिन्सिपल राजेश लाखाले विश्व वातावरण दिवस ई सं. १९७३ देखि संसार भरी मनाउन्दै आइरहेको र स्कूलले पनि स्थापना काल देखिनै विभिन्न कार्यक्रम सहित मनाउन्दै आइरहेको बताए ।

” Our land our future , We are generation restoration ” भन्ने मुल नारा सहित विश्व वातावरण दिवस – २०२४ को उद्धेश्य अनुरुप स्कूलका नानिहरु लाई वातावरण र हाम्रो जीवन चक्रमा रुख कतिको महत्त्वपूर्ण हुन्छ भने कुरा जानकारी दिए ।

एउटा रुख रोप्यो भन्ने त्यसबाट धेरै फाइदाहरु हुने जानकारी दिए । एउटा रुखले लगभग ३% तापक्रमलाई घटाउने, वातावरणमा भएका विषादी युक्त कार्बन अक्साइदले प्रत्येक वर्षमा ३ किलो अक्सिजन सोस्छ भन्ने कुराको जानकारी दिए।

हरेक वर्ष हुने कार्यक्रमको अवसरमा वृक्षारोपण र स्कुल आँगन सफा गर्दै आएकोमा यसपटक विभिन्न सन्देश मुलक Playcard र Banner सहित इँतबु परिक्रमा गरिएको बताए ।

बालबालिकाहरुलाई सानै देखि वातावरणप्रती सकारात्मक सोच अभिवृद्धि गर्न र आफ्नो वातावरण प्रती उतरदायित्व बढाउन यस्ता कार्यक्रम गर्नु पर्ने र भविस्यमा पनि कार्यक्रमलाई निरन्तरता दिने कुरा ब्यक्त गरे।

स्कूलका शैक्षिक इन्चार्ज इन्दिरा आचार्यले प्राणी जन्मिएपछि त्यसलाई हुर्किन हावा, पानी , माटो, सबै स्वच्छ चाहिन्छ । स्वच्छ वातावरणमा हुर्केका प्राणी नै स्वच्छ हुन्छन त्यसैले पहिले वातावरण स्वच्छ पारौ हामी आफै स्वच्छ हुन्छन भन्ने कुरा बताईन् ।

 

इ.सि.ए. इन्चार्ज बिन्द्रा पंचले प्राकृतिक र सामाजिक वातावरणको बारेमा जानकारी दिन्दै यसको महत्व र यसलाई जोगाई राख्नु हाम्रो दायित्व , कर्तब्य भएको जनाईन् ।

स्कूलका शिक्षिका रचना तमखुले वातावरण स्वच्छ रहे हाम्रो भविष्य सुनिस्चित रहने बताईन् ।

मानिसमात्र यस्ता प्राणी हो जस्ले आफ्नो स्वार्थको लागि प्राकृतिक वातावरण सँग चुनौती खेल्दैछ र त्यस्को नतिजा वायु प्रदुषण, जल प्रदुषण, ध्वनी प्रदुषणका कारण प्राकृतिक प्रकोप बाढी पहिरो, महामारी, आगलागी, विभिन्न प्राण घातक रोगहरु फैलिरहेको कुरा कार्यक्रममा शिक्षक दिल सुवालले जोड दिए।

Published Date: 05 June 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी