डाँका चोरीमा संलग्न ३ जना सिन्धुलीबाट पक्राउ

डाँका चोरीमा संलग्न ३ जना सिन्धुलीबाट पक्राउ : Icon Khabar

सिन्धुली, माघ १७ । डाँका चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुलीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । तिनपाटन गाउँपालिका–८ कटुन्जे बस्ने ७० वर्षीय मंगल बहादुर तामाङको घरमा चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुधौली नगरपालिका–१० बस्ने ४४ वर्षीय हर्क बहादुर तामाङ, फिक्कल गाउँपालिका–१ बस्ने ३१ वर्षीय रुद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ५३ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् ।

अपरिचित व्यक्तिले गत पुस २ गते साँझ मंगल बहादुर तामाङ र उनको भान्जी घरमा बसिरहेको अवस्थामा दुवै जनालाई हात खुट्टा बाँधी कुटपिट समेत गरी सुनको रिङ २ थान, फुली, चाँदीका पुराना सिक्का, सुनको मुन्द्रा, तामाको थाल, कचौरा लुटपाट गरी फरार भएका थिए ।

घटनाको आवश्यक अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले डाँका चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै चोरी भएको सामानमध्ये बुट्टे कचौरा ३ थान, ढलोटको अम्खरा ३ थान, तामाको ठूलो डबका २ थान र झर्काको थाल २ थान दुधौली नगरपालिका–१० मंगलबारे बस्ने ३५ वर्षीय लाल बहादुर तामाङको घरबाट गत शनिबार प्रहरीले फेला पारी बरामद गरेपछि घटनामा उनीहरुको संलग्नता रहेको खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न