डाँका चोरीमा संलग्न ३ जना सिन्धुलीबाट पक्राउ

डाँका चोरीमा संलग्न ३ जना सिन्धुलीबाट पक्राउ : Icon Khabar

सिन्धुली, माघ १७ । डाँका चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुलीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । तिनपाटन गाउँपालिका–८ कटुन्जे बस्ने ७० वर्षीय मंगल बहादुर तामाङको घरमा चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुधौली नगरपालिका–१० बस्ने ४४ वर्षीय हर्क बहादुर तामाङ, फिक्कल गाउँपालिका–१ बस्ने ३१ वर्षीय रुद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ५३ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् ।

अपरिचित व्यक्तिले गत पुस २ गते साँझ मंगल बहादुर तामाङ र उनको भान्जी घरमा बसिरहेको अवस्थामा दुवै जनालाई हात खुट्टा बाँधी कुटपिट समेत गरी सुनको रिङ २ थान, फुली, चाँदीका पुराना सिक्का, सुनको मुन्द्रा, तामाको थाल, कचौरा लुटपाट गरी फरार भएका थिए ।

घटनाको आवश्यक अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले डाँका चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै चोरी भएको सामानमध्ये बुट्टे कचौरा ३ थान, ढलोटको अम्खरा ३ थान, तामाको ठूलो डबका २ थान र झर्काको थाल २ थान दुधौली नगरपालिका–१० मंगलबारे बस्ने ३५ वर्षीय लाल बहादुर तामाङको घरबाट गत शनिबार प्रहरीले फेला पारी बरामद गरेपछि घटनामा उनीहरुको संलग्नता रहेको खुल्न आएको छ ।

उनीहरु उपर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

Published Date: 31 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न