आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ २० । नेप्से परिसूचक आइतबार बढेको छ । यसअघि २ दिन कार्य दिन लगायत घटेपछि आज बजार बढेको हो । २ दिनमा नेप्से करिब ४३ अंकले घटेको थियो ।

आइतबार भने नेप्से परिसूचक १३.५१ विन्दुले बढेर २०८३.०४ अंकमा आएको छ । ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० समूहका सूचक बढेका छन् ।

आज ३२५ कम्पनीको ९६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र फस्ट माइक्रोफाइनान्स परेका छन् ।

Published Date: 02 June 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय