आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ २० । नेप्से परिसूचक आइतबार बढेको छ । यसअघि २ दिन कार्य दिन लगायत घटेपछि आज बजार बढेको हो । २ दिनमा नेप्से करिब ४३ अंकले घटेको थियो ।

आइतबार भने नेप्से परिसूचक १३.५१ विन्दुले बढेर २०८३.०४ अंकमा आएको छ । ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० समूहका सूचक बढेका छन् ।

आज ३२५ कम्पनीको ९६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र फस्ट माइक्रोफाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 June 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ
स्वस्तिक छाप र मतपत्र छाप्न आवश्यक कागज पर्याप्त छ: निर्वाचन आयोग
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)