भक्तपुर नपाका मेयर सुनिल प्रजापतिलाई एक व्यवसायीको खुला पत्र

भक्तपुर नपाका मेयर सुनिल प्रजापतिलाई एक व्यवसायीको खुला पत्र : Icon Khabar

मिति: २०८० साल जेठ १९ गते

श्रीमान प्रमुखज्यू,
भक्तपुर नगरपालिका
ब्यासी, भक्तपुर।

विषय:- Prevention is Better Than Care !

सांस्कृतिक नगर भक्तपुरमा गत बैशाख महिनामा भक्तपुर नगरपालिकाले अल्टिमेटम नै दिएर भक्तपुरको मुटु सूर्यमढी देखि तचपाल इनाचो गोल्मढि, सुकुलढोका बजार क्षेत्रबाट छत हटाउन लगायो । छ्त हटाएर नगरपालिका आफैले एकैनास एकै रंगको नयाँ छत व्यवस्थापन गर्ने कुरा सुनियो । तर हालसम्म त्यसको व्यवस्था गरिएको छैन ।

मनसुन सुरु हुने क्रममा छ । त्यसैले यथाशिघ्र छतको व्यवस्था गर्नुहोला । नभए पसल व्यवसायीले नै व्यवस्था गर्ने अनुमति दिनुहुन अनुरोध छ। अन्यथा केवल लाईन तथा बिजुलीको लाईन सटसर्किटबाट आगलागी भई धनजनको क्षति भयो भने जिम्मेवार हुने को भन्ने प्रश्न चिन्ह पनि छ।

के यसको जिम्मेवारी भक्तपुर नगरपालिकाले लिन सक्छ त ? धनजनको क्षतिलाई नजरअन्दाज गर्न सकिदैन होला । सुरक्षाको जिम्मेवारी तपाई हाम्रै हो ।

छत एउटा छत मात्र नभैइ वटुवाको ओत लाग्ने ठाउँ पनि हो । छत पसल व्यवसायीको रहर मात्रै होइन वाध्यता हो ।
सांस्कृतिक नगरलाई जीवन्त नगर बनाउनेमा हाम्रो पनि साथ छ र सदा रहिरहन्छ । तर जीवन्त बनाउने नाउँमा मृत शहर बनाउने रहर मात्र त होइन नि ??

त्यसैले समयमै भक्तपुर नपा आफैले छत बनाएर व्यवस्था गरोस कि त व्यवसायीलाई राख्न दिनुपर्छ। छत बिनाको घर टोपी बिनाको शिर जस्तै नहोस । दूर्घटना निम्त्याउने वातावरण नबनाऔं ।

तपाईकै शुभचिन्तक नगरवासी
व्यवसायी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
1
+1
0
+1
0
+1
0
Published Date: 01 June 2024
Website | + posts