लगातार दोस्रो वर्ष राष्ट्रपति रनिङ शिल्डमा मनोरम स्कुलको उत्कृष्ट प्रदर्शन

९ पदकसहित स्काउट मार्चपासमा पनि प्रथम

लगातार दोस्रो वर्ष राष्ट्रपति रनिङ शिल्डमा मनोरम स्कुलको उत्कृष्ट प्रदर्शन : Icon Khabar

भक्तपुर, मंसिर १३ । सूर्यविनायक नगरपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८३ मा मनोरम बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै कुल ९ पदक जित्न सफल भएको छ।

प्रतियोगितामा विद्यालयले २ स्वर्ण, ४ रजत र ३ कास्य पदक हासिल गरेको हो। त्यसैगरी, विद्यालयको उसु टोलीले तेस्रो स्थान प्राप्त गरेको छ भने कक्षा ५ मा अध्ययनरत जीवन रोकाय उत्कृष्ट उसु खेलाडी घोषित भएका छन्।

खेलकुदतर्फको सफलतासँगै मनोरम स्कुलले स्काउट मार्चपासमा पनि आफ्नो वर्चस्व कायम राखेको छ। स्काउट मार्चपासमा लगातार दोस्रो वर्ष प्रथम स्थान हासिल गर्दै विद्यालयले नगद रु. ८ हजार पुरस्कारसमेत प्राप्त गरेको छ।

विद्यालयका प्रिन्सिपल महेश गुमान्जुका अनुसार मनोरम स्कुलले २०८२ र २०८३ दुवै वर्ष समान सफलता दोहोर्‍याउन सफल भएको छ। यस उपलब्धिले विद्यालयको खेलकुदप्रतिको प्रतिबद्धता, विद्यार्थीको अनुशासन, मेहनत र सामूहिक प्रयासलाई थप उजागर गरेको उनले बताए।

लगातार दुई वर्ष प्राप्त यस सफलताले मनोरम बोर्डिङ स्कुललाई शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलाप र खेलकुदको क्षेत्रमा पनि अब्बल विद्यालयका रूपमा स्थापित गर्न थप योगदान पुर्‍याएको छ।

Published Date: 29 November 2026
Website | + posts




ताजा
लगातार दोस्रो वर्ष राष्ट्रपति रनिङ शिल्डमा मनोरम स्कुलको उत्कृष्ट प्रदर्शन
रसुवा भोटेकोशी बाढीमा बेपत्ता ३९१५ व्यक्तिलाई मृत्यु भएको घोषणा गर्न सरकार समक्ष सिफारिस
शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँले बढ्यो
जन्तीमा रक्सी, चुरोट र बियर बोतल बोकेर बजार घुम्नु शान होइन, भक्तपुरको सांस्कृतिक गरिमामाथि प्रश्न हो!


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?