चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी असोज ३ मा प्रदर्शन हुने

चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी असोज ३ मा प्रदर्शन हुने : Icon Khabar

काठमाडौं, जेठ १९ । यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण टिमले फिल्मलाई एक हप्ता पहिले नै रिलिज गर्ने गरि संविधान दिवसको अवसरमा असोज ३ लाई नयाँ मिति तोकेको हो ।

निर्मात्री नीता ढुंगानाले वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन् ।

‘हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो,’ नीताले भनिन् ।

फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । पुरानी अभिनेत्री विपना थापा यहि फिल्मको डबिङको लागि यतिबेला नेपालमा छिन् ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ ।

अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ ।

कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 June 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन