चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी असोज ३ मा प्रदर्शन हुने

चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी असोज ३ मा प्रदर्शन हुने : Icon Khabar

काठमाडौं, जेठ १९ । यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माण टिमले फिल्मलाई एक हप्ता पहिले नै रिलिज गर्ने गरि संविधान दिवसको अवसरमा असोज ३ लाई नयाँ मिति तोकेको हो ।

निर्मात्री नीता ढुंगानाले वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन् ।

‘हाम्रो प्रोडक्ट कुन मितिमा ल्याउने विषयमा हामी जिम्मेवार हुने कुरा रहन्छ, असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो,’ नीताले भनिन् ।

फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ । पुरानी अभिनेत्री विपना थापा यहि फिल्मको डबिङको लागि यतिबेला नेपालमा छिन् ।

चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा निर्मात्री रहेकी अभिनेत्री नीतासँगै, अभिनेता हरिहर अधिकारी, चर्चित दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, अलि वलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायत नाम चलेका दर्जनबढि कलाकार अभिनयमा छन् ।

सोसियल ड्रामासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ ।

अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा वलिउडका स्थापित सिनेमाटोग्राफर कविरलालको छायांकन छ । फिल्ममा मित्र डि गुरुङको सम्पादन छ ।

कास्टिङ निर्देशक धनन्जय घलानी रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र वलिउड कोरियोग्राफर शुष्मा सुमनको छ । निता फिल्मसको ब्यानरमा फिल्म तयार भएको हो ।

Published Date: 01 June 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग