अनन्त अम्बानीकाे विवाह कार्ड सार्वजनिक, ३ दिन, ३ इभेन्ट र तीन ड्रेस कोड

अनन्त अम्बानीकाे विवाह कार्ड सार्वजनिक, ३ दिन, ३ इभेन्ट र तीन ड्रेस कोड : Icon Khabar

काठमाडौँ, जेठ १७ । एसियाकै धनाढ्य मुकेश अम्बानीको घरमा विवाहकाे माहाेल सुरू भएकाे छ । मुकेश र नीता अम्बानीका कान्छो छोरा अनन्त अम्बानीकाे विवाहका लागि अब केही दिन बाँकी छ । अम्बानीका कान्छो छोरा अनन्त अम्बानी उनकी मंगेतर राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिनेछन्।

यो विवाह समारोह मुम्बईमै हुनेछ । याेसँगै अम्बानी परिवारले तयार पारेको अनन्त-राधिका वेडिङ कार्ड पनि सार्वजनिक भएको छ । यसमा ईशा अम्बानीदेखि श्लोका अम्बानी र परिवारका अन्य सदस्यहरूको नाम लेखिएको छ र तीन दिनको पूरा तालिका पनि दिइएको छ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको याे कार्ड हेर्दा यो समारोह १२ जुलाईदेखि सुरु भएर १४ जुलाईसम्म चल्नेछ । विवाहका सबै कार्यक्रम मुकेश अम्बानीको मुम्बईको जियो वर्ल्ड सेन्टरमा हुनेछन्। कार्डका अनुसार पहिलो दिन, असार १२ गते शुभ विवाह समारोह (अनन्त-राधिका विवाह) हुने र त्यसका लागि भारतीय परम्परागत पाेशाकलाई ड्रेस कोड राखिएको छ ।

अर्को दिन १३ जुलाईमा आशीर्वाद समारोह हुनेछ र त्यसको लागि भारतीय औपचारिक ड्रेस कोड हुनेछ। जबकि मंगल उत्सव वा विवाह रिसेप्शन १४ जुलाईमा आयोजना गरिनेछ र पाहुनाहरू भारतीय आकर्षक ड्रेस कोडसहित आउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 30 May 2024
Website | + posts






ताजा
बलिउड अभिनेता वरुण धवन घाइते
भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफरले उदित नारायणलाई चुम्बन गरेपछि
आजदेखि च्याम्पियन्स ट्रफी सुरु हुँदै, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
चीनमा तीन वर्षमा स्थापना भए १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू


ट्रेन्डिङ
२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला
विद्युत प्राधिकरणको लापरबाहीले गर्दा बबरमहलमा मेलम्चीको पाइप फुट्यो: केयुकेएल
ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
शुक्रबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढ्यो