अनन्त अम्बानीकाे विवाह कार्ड सार्वजनिक, ३ दिन, ३ इभेन्ट र तीन ड्रेस कोड

अनन्त अम्बानीकाे विवाह कार्ड सार्वजनिक, ३ दिन, ३ इभेन्ट र तीन ड्रेस कोड : Icon Khabar

काठमाडौँ, जेठ १७ । एसियाकै धनाढ्य मुकेश अम्बानीको घरमा विवाहकाे माहाेल सुरू भएकाे छ । मुकेश र नीता अम्बानीका कान्छो छोरा अनन्त अम्बानीकाे विवाहका लागि अब केही दिन बाँकी छ । अम्बानीका कान्छो छोरा अनन्त अम्बानी उनकी मंगेतर राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिनेछन्।

यो विवाह समारोह मुम्बईमै हुनेछ । याेसँगै अम्बानी परिवारले तयार पारेको अनन्त-राधिका वेडिङ कार्ड पनि सार्वजनिक भएको छ । यसमा ईशा अम्बानीदेखि श्लोका अम्बानी र परिवारका अन्य सदस्यहरूको नाम लेखिएको छ र तीन दिनको पूरा तालिका पनि दिइएको छ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको याे कार्ड हेर्दा यो समारोह १२ जुलाईदेखि सुरु भएर १४ जुलाईसम्म चल्नेछ । विवाहका सबै कार्यक्रम मुकेश अम्बानीको मुम्बईको जियो वर्ल्ड सेन्टरमा हुनेछन्। कार्डका अनुसार पहिलो दिन, असार १२ गते शुभ विवाह समारोह (अनन्त-राधिका विवाह) हुने र त्यसका लागि भारतीय परम्परागत पाेशाकलाई ड्रेस कोड राखिएको छ ।

अर्को दिन १३ जुलाईमा आशीर्वाद समारोह हुनेछ र त्यसको लागि भारतीय औपचारिक ड्रेस कोड हुनेछ। जबकि मंगल उत्सव वा विवाह रिसेप्शन १४ जुलाईमा आयोजना गरिनेछ र पाहुनाहरू भारतीय आकर्षक ड्रेस कोडसहित आउनेछन्।

Published Date: 30 May 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर