काठमाडौँको तापक्रम ३३ डिग्रीबाट ३४.४ डिग्री सेल्सियस पुग्यो, तापक्रम अझै बढ्ने

काठमाडौँको तापक्रम ३३ डिग्रीबाट ३४.४ डिग्री सेल्सियस पुग्यो, तापक्रम अझै बढ्ने : Icon Khabar

काठमाडौँ, जेठ १७ । काठमाडौँको तापक्रम बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको छ । विगत केही दिन यता उपत्यकाको तापक्रम बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ ।

विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिमको भूभागका पानी पर्ने सम्भावना छैन ।

मौसमविद्ले यस वर्ष गतवर्षको भन्दा तापक्रम बढ्ने र वर्षा पनि बढी हुने प्रक्षेपण गरेका थिए । काठमाडौँ उपत्यकामा अहिलेसम्मको सबैभन्दा बढी तापक्रम ३६.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । जुन सन् १९८९ मे ७ मा मापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 May 2024
Website | + posts