सन्दीपलाई भिसा दिन फेरि अस्वीकार

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार : Icon Khabar

काठमाडौं, जेठ १७ । क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले पुनः भिसा दिन अस्वीकार गरेको छ । गत हप्ता भिसा अस्वीकार गरेको अमेरिकी दूतावासले आज अन्तरवार्तामा बोलाएपनि फेरी पनि भिसा दिएन ।

दोस्रो पटक समेत भिसा अस्वीकार भएपछि सन्दिपले टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपालले जुने ४ मा नेदरल्याण्ड्स विरुद्ध पहिलो खेल खेल्दैछ ।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।

सफाइ पाएलगत्तै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो ।

विश्वकप खेल्नका लागि सन्दीपको नाम प्रारम्भिक सुचिमा नरहेका कारण क्यानले आइसीसीसँग छलफल गरेको थियो । छलफलबाट सकारात्मक जवाफ आएको व्यहोरा समेत क्यानले जानकारी दिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको थियो ।

Published Date: 30 May 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर