सन्दीपलाई भिसा दिन फेरि अस्वीकार

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार : Icon Khabar

काठमाडौं, जेठ १७ । क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले पुनः भिसा दिन अस्वीकार गरेको छ । गत हप्ता भिसा अस्वीकार गरेको अमेरिकी दूतावासले आज अन्तरवार्तामा बोलाएपनि फेरी पनि भिसा दिएन ।

दोस्रो पटक समेत भिसा अस्वीकार भएपछि सन्दिपले टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपालले जुने ४ मा नेदरल्याण्ड्स विरुद्ध पहिलो खेल खेल्दैछ ।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।

सफाइ पाएलगत्तै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो ।

विश्वकप खेल्नका लागि सन्दीपको नाम प्रारम्भिक सुचिमा नरहेका कारण क्यानले आइसीसीसँग छलफल गरेको थियो । छलफलबाट सकारात्मक जवाफ आएको व्यहोरा समेत क्यानले जानकारी दिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 May 2024
Website | + posts
ताजा
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य
नपली सिर्जनानगरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू