सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको भन्दै काठमाडौँमा विरोध

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको भन्दै काठमाडौँमा विरोध : Icon Khabar

काठमाडौँ, जेठ १६ । क्रिकेटर सन्दीप लामिछानेलाई टी२० विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको भन्दै अभियन्ताहरुले विरोध र्याली निकालेका छन् ।

लामिछानेलाई भिसा नदिइनु अन्याय भएको भन्दै आज अभियन्ताहरुले माइतिघरमा र्याली निकालेका हुन् । माइतीघरबाट नेपालस्थित अमेरिकन राजदूतावाससम्म शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम गर्ने योजना छ ।

नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्याएका सन्दीपले भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्यौलमा छ । यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो।

त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो। यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन।

Published Date: 29 May 2024


ताजा
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता
डाटा अफ गरेको बेला पनि ‘मेन ब्यालेन्स’बाट रकम किन काटियो? दूरसञ्चारले सोध्यो एनसेललाई स्पष्टीकरण
बुधबार सेयरबजार परिसूचक नेप्से स्थिर
पछिल्लो चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली