सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको भन्दै काठमाडौँमा विरोध

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको भन्दै काठमाडौँमा विरोध : Icon Khabar

काठमाडौँ, जेठ १६ । क्रिकेटर सन्दीप लामिछानेलाई टी२० विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको भन्दै अभियन्ताहरुले विरोध र्याली निकालेका छन् ।

लामिछानेलाई भिसा नदिइनु अन्याय भएको भन्दै आज अभियन्ताहरुले माइतिघरमा र्याली निकालेका हुन् । माइतीघरबाट नेपालस्थित अमेरिकन राजदूतावाससम्म शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम गर्ने योजना छ ।

नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्याएका सन्दीपले भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्यौलमा छ । यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो।

त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो। यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न