राजस्थानको तापक्रम ४९ डिग्री पुग्यो, ६ जनाको मृत्यु

राजस्थानको तापक्रम ४९ डिग्री पुग्यो, ६ जनाको मृत्यु : Icon Khabar

नयाँदिल्ली, जेठ १६ । पश्चिमी भारतीय राज्य राजस्थानमा अत्यधिक गर्मीको लहरका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मानिसहरुको मृत्यु भएको खबर आएको हो । राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राजस्थानमा ‘हिट स्ट्रोक’ बिरामीहरुको संख्या दुई हजार आठ सय नौबाट बढेर तीन हजार ६ सय २२ पुगेको छ । मौसम विभागले पहिले नै मानिसहरुलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको छ । विभागले तिर्खा नलागे पनि पर्याप्त पानी पिएर ‘हाइड्रेटेड’ रहन आग्रह गरेको छ ।

भारतका ठूलो क्षेत्र हाल गर्मीको लहरको चपेटामा छ । यसबाट मानिसहरुको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गत महिना भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्रहरु सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 May 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित