काठमाडौं, जेठ २ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३२ पैसा र बिक्री दर १३३ रूपैयाँ ९२ पैसा रहेको छ। मंगलबार डलरको खरिद दर १३३ रूपैयाँ ३६ पैसा र बिक्री दर १३३ रूपैयाँ ९६ पैसा रहेको थियो।
त्यस्तै, युरो एकको खरिद दर १४३ रूपैयाँ ९५ पैसा र बिक्री दर १४४ रूपैयाँ ५९ पैसा तोकिएको छ। मंगलबार युरोको खरिद दर १४३ रूपैयाँ ८४ पैसा र बिक्री दर १४४ रूपैयाँ ४९ पैसा रहेको थियो। आज बेलायती पाउण्डको खरिद दर १६७ रूपैयाँ ३८ पैसा र बिक्री दर १६८ रूपैयाँ १४ पैसा रहेको छ। मंगलबार खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसाका दरले कारोबार भएको थियो।
आज कतारी रियालको खरिद दर खरिद दर ३६ रूपैयाँ ५७ पैसा र बिक्री दर ३६ रूपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Published Date: 15 May 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1