‘रावायण’ को शूटिङको क्रममा अभिनेता पल शाह घाइते

‘रावायण’ को शूटिङको क्रममा अभिनेता पल शाह घाइते : Icon Khabar

काठमाडौं, जेठ २ । अभिनेता पल शाह अचेल व्यस्त छन् । उनी अभिनित नयाँ फिल्म ‘पुजार सार्की’ को प्रदर्शन मिति (जेठ १० गते) नजिकिरहेको छ । यद्यपि, उनले अझै पनि यो फिल्मको प्रमोशनका लागि समय निकाल्न सकिरहेका छैनन् ।

यसैबीच, अहिले उनी फिल्म ‘रावायण’ को शूटिङमा व्यस्त छन् । तर पलका फ्यानहरुका लागि एउटा दुःखको खबर रहेको छ । फिल्म ‘रावायण’ को शूटिङको क्रममा पल घाइते भएका छन् ।

पलको हातमा ठूलो चोट लागेको छ । शूटिङ गर्ने क्रममा उनलाई उक्त चोट लागेको हो । चोट यति गहिरो छ कि त्यसमा टाँका नै लगाउनु परेको छ । टाँका लगाउँदा पलले निकै पीडा महसुस गरेका छन् । उनलाई बेडमा सुताएर टाँका लगाइँदै गरेको देखिन्छ । उनलाई चिकित्सकले नै हात समातेर साहारा दिँदै गरेको पनि देखिन्छ ।

पलले हातमा भएको चोटमा टाका लगाउँदै गरेको भिडियो शेयर गरेका छन् । उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 May 2024
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)