‘रावायण’ को शूटिङको क्रममा अभिनेता पल शाह घाइते

‘रावायण’ को शूटिङको क्रममा अभिनेता पल शाह घाइते : Icon Khabar

काठमाडौं, जेठ २ । अभिनेता पल शाह अचेल व्यस्त छन् । उनी अभिनित नयाँ फिल्म ‘पुजार सार्की’ को प्रदर्शन मिति (जेठ १० गते) नजिकिरहेको छ । यद्यपि, उनले अझै पनि यो फिल्मको प्रमोशनका लागि समय निकाल्न सकिरहेका छैनन् ।

यसैबीच, अहिले उनी फिल्म ‘रावायण’ को शूटिङमा व्यस्त छन् । तर पलका फ्यानहरुका लागि एउटा दुःखको खबर रहेको छ । फिल्म ‘रावायण’ को शूटिङको क्रममा पल घाइते भएका छन् ।

पलको हातमा ठूलो चोट लागेको छ । शूटिङ गर्ने क्रममा उनलाई उक्त चोट लागेको हो । चोट यति गहिरो छ कि त्यसमा टाँका नै लगाउनु परेको छ । टाँका लगाउँदा पलले निकै पीडा महसुस गरेका छन् । उनलाई बेडमा सुताएर टाँका लगाइँदै गरेको देखिन्छ । उनलाई चिकित्सकले नै हात समातेर साहारा दिँदै गरेको पनि देखिन्छ ।

पलले हातमा भएको चोटमा टाका लगाउँदै गरेको भिडियो शेयर गरेका छन् । उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ ।

Published Date: 15 May 2024












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने