काठमाडौं उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थाल्यो

काठमाडौं उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थाल्यो : Icon Khabar

काठमाडौं, वैशाख २६ । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ ।

‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ । सो तथ्याङ्क अनुसार मङ्गलबार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म पुगेको थियो भने गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो।

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२ औँ स्थानमा उक्लिएको छ । आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचिकृत भएको छ । दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५९ पुगेको छ । जसलाई अस्वस्थ वायु मानिन्छ । यसैगरी विश्वको दोस्रो प्रदूषित सहरमा आज कङ्गो छ । त्यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ५२ पुगेको छ ।

Published Date: 08 May 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु