के कंगना रनौतले बलिउड छाड्न लागेका हुन् ?

के कंगना रनौतले बलिउड छाड्न लागेका हुन् ? : Icon Khabar

मुम्बई, वैशाख २६ । अभिनेत्री कंगना रनौतले बलिउडमा आफूलाई महानायक अमिताभ बच्चनको जत्तिकै प्रेम तथा सम्मान प्राप्त भएको दावी गरेकी छिन् ।

भारतको राजनीतिमा कदम राखेकी यी अभिनेत्री हिमाञ्चल प्रदेशको मण्डी लोकसभा सीटबाट भारतीय जनता पार्टीको उम्मेदवारको रुपमा चुनाव लडिरहेकी छिन् । आफ्नो भर्खरैको चुनावी र्यालिको एउटा भाइरल भिडियोमा कंगनाले आफ्नो भाषणका क्रममा आफ्नो तुलना अमिताभ बच्चनसंग गर्दै गरेकोे देखिएको छ । यसका साथै कंगनाले राजनीतिमा सफलता पाएमा बलिउड छाड्ने संकेत पनि दिइन् ।

कंगनाले एक सञ्चार माध्यमसंग कुरा गर्दै भनेकी छिन्– ‘म फिल्ममा स्थापित भैसकेको छु, अभिनय गरेकी छु, निर्देशन पनि गरेकी छु । अहिले आएर मैले राजनीतिमा पनि सम्भावना देखेकी छु, मानिसहरु मसंग जाडिरहेका छन्, त्यसैले म राजनीति नै गर्छु । आईडियली म एउटै काम गर्न चाहान्छु । यदि मलाई मानिसलाई मेरो आवश्यकता छ भने म त्यहि दिशातर्फ अगाडि बढ्छु । मैले यदि मण्डीबाट जीत प्राप्त गरेँ भने म राजनीति नै गर्नेछु । मलाई धेरै फिल्ममेकरले राजनीतिमा नजान भनेका छन् । तर म मानिसले गरेको अपेक्षामा खरो उत्रन चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने