के कंगना रनौतले बलिउड छाड्न लागेका हुन् ?

के कंगना रनौतले बलिउड छाड्न लागेका हुन् ? : Icon Khabar

मुम्बई, वैशाख २६ । अभिनेत्री कंगना रनौतले बलिउडमा आफूलाई महानायक अमिताभ बच्चनको जत्तिकै प्रेम तथा सम्मान प्राप्त भएको दावी गरेकी छिन् ।

भारतको राजनीतिमा कदम राखेकी यी अभिनेत्री हिमाञ्चल प्रदेशको मण्डी लोकसभा सीटबाट भारतीय जनता पार्टीको उम्मेदवारको रुपमा चुनाव लडिरहेकी छिन् । आफ्नो भर्खरैको चुनावी र्यालिको एउटा भाइरल भिडियोमा कंगनाले आफ्नो भाषणका क्रममा आफ्नो तुलना अमिताभ बच्चनसंग गर्दै गरेकोे देखिएको छ । यसका साथै कंगनाले राजनीतिमा सफलता पाएमा बलिउड छाड्ने संकेत पनि दिइन् ।

कंगनाले एक सञ्चार माध्यमसंग कुरा गर्दै भनेकी छिन्– ‘म फिल्ममा स्थापित भैसकेको छु, अभिनय गरेकी छु, निर्देशन पनि गरेकी छु । अहिले आएर मैले राजनीतिमा पनि सम्भावना देखेकी छु, मानिसहरु मसंग जाडिरहेका छन्, त्यसैले म राजनीति नै गर्छु । आईडियली म एउटै काम गर्न चाहान्छु । यदि मलाई मानिसलाई मेरो आवश्यकता छ भने म त्यहि दिशातर्फ अगाडि बढ्छु । मैले यदि मण्डीबाट जीत प्राप्त गरेँ भने म राजनीति नै गर्नेछु । मलाई धेरै फिल्ममेकरले राजनीतिमा नजान भनेका छन् । तर म मानिसले गरेको अपेक्षामा खरो उत्रन चाहान्छु ।’

Published Date: 08 May 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी