प्रधानमन्त्री दाहाल दाँतको परीक्षणका लागि पुगे वीर अस्पताल

प्रधानमन्त्री दाहाल दाँतको परीक्षणका लागि पुगे वीर अस्पताल : Icon Khabar

काठमाडौँ, वैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन्। बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुगेका हुन्।

अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको गरिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उनले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2024
Website | + posts