बुधबार पनि सेयर बजार रातो

बुधबार पनि सेयर बजार रातो : Icon Khabar

काठमाडौं, वैशाख २६ । बुधबार नेप्से परिसूचक ०.२१ विन्दुले घटेर १९६०.६० अंकमा अडिएको छ । आज २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् ।

यस दिन ३०५ कम्पनीको ५८ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा फस्ट माइक्रोफाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्रामीण विकास लघुवित्त र हिमालयन डिष्टिलरी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2024
Website | + posts