भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्न: क्वनेया गुँला बाजँ प्रथम

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्न: क्वनेया गुँला बाजँ प्रथम : Icon Khabar

भक्तपुर, वैशाख २२ । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगिता शनिबार सम्पन्न भयो । गुँला बाजा प्रतियोगितामा भनपा ३ तेखाचोको क्वनेया गुँला बाजँ सञ्चालन तथा व्यवस्थापन समिति प्रथम भएको छ ।

त्यस्तै बुराँख्यो येँ, नरदेवीको ङत तुलाधर गुँला बाजँ खलः द्वितीय, मध्यपुर थिमीको प्रजापति गुँला बाजा तृतीय, मथिनपा वडा नं. ५ को थिमि गुँला बाजा खलः र इतुंबहाः येँ, वडा नं. २४ को केशचन्द्र गुँला बाजं खलः ले सान्त्वना स्थान हासिल गरेका थिए ।

सोही क्रममा प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गरे।

प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. ४० हजार, द्वितीयलाई नगद रु. ३० हजार, तृतीय हुन सफल समूहलाई नगद रु. २५ हजार र सान्त्वना स्थान प्राप्त गरेको २ वटा समूहलाई रु. २० हजार प्रति समूह नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई रु. ५ हजार प्रदान गरिएको थियो भने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गरेको बाजा समूहलाई वाद्यवादन सामाग्री पनि पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

गुँला बाजा प्रतियोगितामा २६ वटा बाजा समूहले उत्साहपूर्वक सहभागिता जनाएका थिए जसमा एउटा बाजा समूहले गुँला बाजाको विशेष प्रस्तुती प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 May 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने