भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्न: क्वनेया गुँला बाजँ प्रथम

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्न: क्वनेया गुँला बाजँ प्रथम : Icon Khabar

भक्तपुर, वैशाख २२ । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगिता शनिबार सम्पन्न भयो । गुँला बाजा प्रतियोगितामा भनपा ३ तेखाचोको क्वनेया गुँला बाजँ सञ्चालन तथा व्यवस्थापन समिति प्रथम भएको छ ।

त्यस्तै बुराँख्यो येँ, नरदेवीको ङत तुलाधर गुँला बाजँ खलः द्वितीय, मध्यपुर थिमीको प्रजापति गुँला बाजा तृतीय, मथिनपा वडा नं. ५ को थिमि गुँला बाजा खलः र इतुंबहाः येँ, वडा नं. २४ को केशचन्द्र गुँला बाजं खलः ले सान्त्वना स्थान हासिल गरेका थिए ।

सोही क्रममा प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गरे।

प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. ४० हजार, द्वितीयलाई नगद रु. ३० हजार, तृतीय हुन सफल समूहलाई नगद रु. २५ हजार र सान्त्वना स्थान प्राप्त गरेको २ वटा समूहलाई रु. २० हजार प्रति समूह नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई रु. ५ हजार प्रदान गरिएको थियो भने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गरेको बाजा समूहलाई वाद्यवादन सामाग्री पनि पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

गुँला बाजा प्रतियोगितामा २६ वटा बाजा समूहले उत्साहपूर्वक सहभागिता जनाएका थिए जसमा एउटा बाजा समूहले गुँला बाजाको विशेष प्रस्तुती प्रस्तुत गरेका थिए ।

Published Date: 04 May 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग