नेपालको आयातनिर्यात दुवै खस्कियो, के यो आर्थिक मन्दीको प्रभाव हो ?

नेपालको आयातनिर्यात दुवै खस्कियो, के यो आर्थिक मन्दीको प्रभाव हो ? : Icon Khabar

काठमाडौँ, वैशाख १० । चालु आर्थिक वर्षको नौ महिना (साउन–चैतसम्म) मा नेपालको आयातनिर्यात दुवै खस्किएको छ । मुलुकमा आर्थिक क्रियाकलाप सुस्ताउँदा त्यसको असर आयात निर्यात दुवैमा परेको देखिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात ३.६६ प्रतिशतले घटेको छ । विभागका अनुसार चैतसम्म नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा गरेको १२ खर्ब एक अर्ब ५० करोडको तुलनामा २.८४ प्रतिशतले कमी हो ।

चालु आवको नौ महिनामा नेपालले एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही महिनासम्मको तुलनामा भने ३.६६ प्रतिशतले कम हो । गत चैतसम्म नेपालले एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपियाँको वस्तु निर्यात गरेको थियो । समीक्षा अवधिमा कुल अन्तर्राष्ट्रिय व्यापार पनि अघिल्लो वर्ष १३ खर्ब १९ अर्ब ७८ करोडको तुलनामा २.९२ प्रतिशतको गिरावटसहित १२ खर्ब ८१ अर्ब ३१ करोडमा आइपुगेको हो ।

समीक्षा अवधिमा आयातमा कमी आउँदा मुलुकको व्यापार घाटामा २.७५ प्रतिशतले कमी आएको छ । चालु आवको नौ महिनामा व्यापार घाटा घटेर १० खर्ब ५३ अर्ब ४२ करोडमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रहेको थियो ।

Published Date: 22 April 2024


ताजा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु