नेपालको आयातनिर्यात दुवै खस्कियो, के यो आर्थिक मन्दीको प्रभाव हो ?

नेपालको आयातनिर्यात दुवै खस्कियो, के यो आर्थिक मन्दीको प्रभाव हो ? : Icon Khabar

काठमाडौँ, वैशाख १० । चालु आर्थिक वर्षको नौ महिना (साउन–चैतसम्म) मा नेपालको आयातनिर्यात दुवै खस्किएको छ । मुलुकमा आर्थिक क्रियाकलाप सुस्ताउँदा त्यसको असर आयात निर्यात दुवैमा परेको देखिएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात ३.६६ प्रतिशतले घटेको छ । विभागका अनुसार चैतसम्म नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड रुपियाँको वस्तु आयात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा गरेको १२ खर्ब एक अर्ब ५० करोडको तुलनामा २.८४ प्रतिशतले कमी हो ।

चालु आवको नौ महिनामा नेपालले एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपियाँको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही महिनासम्मको तुलनामा भने ३.६६ प्रतिशतले कम हो । गत चैतसम्म नेपालले एक खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपियाँको वस्तु निर्यात गरेको थियो । समीक्षा अवधिमा कुल अन्तर्राष्ट्रिय व्यापार पनि अघिल्लो वर्ष १३ खर्ब १९ अर्ब ७८ करोडको तुलनामा २.९२ प्रतिशतको गिरावटसहित १२ खर्ब ८१ अर्ब ३१ करोडमा आइपुगेको हो ।

समीक्षा अवधिमा आयातमा कमी आउँदा मुलुकको व्यापार घाटामा २.७५ प्रतिशतले कमी आएको छ । चालु आवको नौ महिनामा व्यापार घाटा घटेर १० खर्ब ५३ अर्ब ४२ करोडमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने