आईपीएल : पञ्जावमाथि गुजरात ३ विकेटले विजयी

आईपीएल : पञ्जावमाथि गुजरात ३ विकेटले विजयी : Icon Khabar

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको १४३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा अलआउट हुँदै १४२ रन बनाएको थियो ।

यो यस सिजनमा गुजरातको चौथो जित हो । ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो छैटौं हार हो । ८ खेलमा २ जित मात्र हासिल गरेको पञ्जाव नवौं स्थानमा रहेको छ ।

Published Date: 22 April 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर